०२ साउन २०८३, शनिबार

शहरी यातायातमा नयाँ युगको शुरूआत : टाटा म्याजिक बीएस सिक्स नेपालमा पहिलोपटक सार्वजनिक

मंसिर २५, २०८१
काठमाडौं
शहरी यातायातमा नयाँ युगको शुरूआत : टाटा म्याजिक बीएस सिक्स नेपालमा पहिलोपटक सार्वजनिक

टाटा म्याजिक बीएस सिक्स नेपालमा सार्वजनिक गरिएको छ ।

टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले शहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक बीएस सिक्स नेपालमा पहिलोपटक सार्वजनिक गरेको हो ।​

नेपालगञ्जमा आयोजित कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रालिका अध्यक्ष निमबहादुर चलाउने, सनराइज यातायात प्रालिका अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रालिका महासचिव कृष्णप्रसाद सुवेदी, शुभकामना यातायात प्रालिका अध्यक्ष रेशम खत्री र गो कर्णाली यातायात प्रालिका अध्यक्ष पदम थापासहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा बीएसटू संस्करणका साथ प्रवेश गरेको थियो ।

त्यसपछि बीएस ३, बीएस ४ हुँदै आज बीएस ६ संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ ।

हालसम्म ४ हजारभन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन् ।

टाटा म्याजिक बीएस सिक्स पनि शहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा साबित हुने विश्वास कम्पनीले राखेको छ ।

null

टाटा म्याजिक बीएस सिक्सका प्रमुख विशेषता​

इन्जिन : ६९४ सीसी पेट्रोल इन्जिन

शक्ति : ३० एचपी 

टर्क : ५५ एनएम

​गियरबक्स : ५ स्पीड गियर

पाङ्ग्रा : १३ इन्च टायर

सुविधाहरू : डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि ईसीओ स्विच, एबीएस र सबै पाङ्ग्रामा एन्टी–रोलबार​

सिप्रदी ट्रेडिङ प्रालिका कृष्ण चन्दले भने, ‘नेपालगन्ज जस्तो महत्त्वपूर्ण व्यापारिक क्षेत्रका लागि टाटा म्याजिक बीएस सिक्स उत्कृष्ट यातायात समाधान हो ।

यस गाडीले यात्रुहरूको सहजता बढाउनेछ, साथै यस क्षेत्रको आर्थिक गतिशीलतालाई समेत बलियो बनाउनेछ ।​

सिप्रदीले आफ्ना ग्राहकहरूलाई नेपालगन्ज क्षेत्रमै उच्चस्तरीय बिक्री, सर्भिस र पार्ट्सको सुविधा प्रदान गर्दै आएको छ । ग्राहकहरूको सन्तुष्टिका लागि हामी अझ प्रतिबद्ध छौं ।’

कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालि, कमर्सियल भेहिकल्स बिजनेस युनिटका प्रोडक्ट म्यानेजर (Bus, Panel and Passenger Van) ईन्द्रमणि पोखरेलले भने, ‘टाटा म्याजिक बीएस सिक्सले आधुनिक शहरी यातायातमा क्रान्ति ल्याउनेछ । यसको प्रविधि, आराम, र सुरक्षा यात्रुको अनुभवलाई स्तरीय बनाउनेछ । यो गाडी विशेष गरी शहरी र विद्यालय यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्