
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गजेन्द्रसिंह भण्डारीको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आरोपित भण्डारीलाई विशेषले सफाइ दिएपछि शुक्रबार पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रतिवादीले घुस लिएको स्पष्ट प्रमाण हुँदाहुँदै विशेषले सफाइ दिइएकाले उक्त फैसला त्रुटिपूर्ण रहेको आयोगको ठहर छ।
प्रत्यक्षदर्शी र प्रमाणहरूले प्रतिवादीले घुस लिएको पुष्टि भएको, श्रव्य-दृष्य प्रमाणले घुस माग गरेको स्पष्ट हुने, स्वर परीक्षणमा पनि मेल खाएको देखिएको आयोगको दाबी छ ।