
कैलालीमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका-१ बस्ने २० वर्षीय राजेश धामी छन् । उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राजेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।