
नेकपा एमालेका सांसद ऐन महरले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की आएको भन्दै संसद्मा जानकारी गराएका छन् । उनले संसद्मा विशेष समय लिँदै आफूलाई ज्यान मार्ने धम्की आएको जानकारी गराएका हुन् ।
महरले आफ्नो सामाजिक सञ्जालमार्फत पनि धम्कीबारे जानकारी गराएका छन् । पराजुली राम नाम गरेको फेसबूक एकाउण्टबाट ऐन महरको स्टाटसमा कमेन्ट गर्दै लेखिएको छ, ‘आमा कसम, तँलाई गोली हानेर मार्छु,’ भनेर लेखिएको छ छ ।
धम्कीबारे प्रतिक्रिया दिँदै महरले यस्ता गतिविधिले लोकतन्त्र, राष्ट्रियता र कानूनी शासनप्रतिको आफ्नो विश्वास कमजोर नपार्ने बताएका छन्। उनले जनताको आवाज उठाउने र प्रश्न गर्ने अधिकारलाई धम्कीबाट रोक्न नसकिने उल्लेख गरेका छन्।
महरले धम्की आइसकेपछि लेखेको स्टाटसमा ‘जबसम्म एक थोपा रगत र एक मुठी श्वास रहन्छ, जनताको आवाज बोल्न र प्रश्न गर्न रोक्न सकिँदैन,’ भन्दै प्रश्न उठाएका छन् ।
उनले के वालेन्द्र शाहको शासनमा प्रश्नमाथि साँच्चिकै प्रतिबन्ध लागेकै हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।
