३० असार २०८३, मंगलबार

चालकलाई एकैपटक ५० हजार जरिवाना गर्ने होइन : मन्त्री लम्साल

असार ३०, २०८३
काठमाडौं
चालकलाई एकैपटक ५० हजार जरिवाना गर्ने होइन : मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने ५० हजार जरिवानाबारे प्रष्टीकरण दिएका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा मन्त्री लम्सालले नयाँ बन्ने ऐनमा कसुर अनुसारको जरिवाना तोकिने र नियम उल्लंघन गर्ने चालकलाई एकै पटक ५० हजार जरिवाना तिर्नुनपर्ने विषय प्रष्ट पारेका हुन् ।

उनले भने, ‘सीमित गति लेखिएका सडकमा चालकले शुरूमा गल्ती गर्‍यो भने पाँच सय र त्यही ठाउँमा पटकपटक तीव्र गतिमा सवारी कुदायो भने पाँच हजार र पाँच हजार जरिवाना गरेर पनि त्यही गल्ती पटकपटक दोहोर्‍याएमा ५० हजार जरिवाना तिर्ने गरी नियम बनाउन लागेका हौँ ।’

मन्त्री लम्सालले ५० हजार जरिवाना गरेपछि पनि चालकले गल्ती दोहोर्‍याएमा सवारी अनुमति पत्र (लाइसेन्स) निलम्बन गरिने व्यवस्था ऐनमै व्यवस्था गर्न लागेको बताए ।

लम्सालले सवारी दुर्घटना र दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढेको जानकारी दिए ।

उनले संसद्‌मा जानकारी गराएअनुसार विगत पाँच वर्ष यता नेपालभर एक लाख २५ हजार पाँच सय ६४ वटा सवारी दुर्घटना भएका छन् ।

दुर्घटनामा परेर १२ हजार चार सय ५२ जनाले ज्यान गुमाएको लम्सालले जानकारी दिए ।

उनका अनुसार तीव्र गतिमा सवारी कुदाएर मात्रै पाँच वर्ष यता ५९ हजार चार सय २३ वटा, चालकको लापरबाहीले मौ ३५ हजार एक सय ४५ वटा र मापसे गरेर सवारी चलाउँदा सात हजार चार सय १९ वटा दुर्घटना भएका छन् ।

धेरै जसो दुर्घटना बुटवल–नारायणगढ सडक खण्डमा हुने गरेको लम्सालले जानकारी दिए ।

लम्सालका अनुसार अब जरिवाना रकम श्रम भुक्तानीबाट गर्ने तयारी भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्