३० असार २०८३, मंगलबार

११ महिनामै भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

असार ३०, २०८३
काठमाडौं
११ महिनामै भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
फाइल तस्वीर

चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ११ महिनाको तथ्यांकअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भएर २१ खर्ब २० अर्ब ८० करोड पुगेको हो । 

राष्ट्र बैंकका अनुसार चालु आवको जेठमा मात्रै दुई खर्ब तीन अर्ब ८९ करोड रकम रेमिट्यान्स भित्रिएको छ । जबकि गत आवको जेठमा भने विप्रेषण आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रहेको थियो ।
 
केन्द्रीय बैंकमा समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड अमेरिकी डलर पुगेको छ । 

अघिल्लो वर्षमा भने यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको  नेपाल राष्ट्र बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्