
तपाईंले सायद अरूलाई यसो भनिरहेका सुन्नुभएको होला, ‘जब म एक्लो थिएँ, निकै मजा आउँथ्यो । म एक्लै हिँड्न पाउँथेँ । तर, अहिले म विवाहित छु र मेरा बच्चाहरू छन्, त्यसकारण मेरा प्राथमिकता बदलिएका छन् ।’
धेरै मानिसहरूका लागि, जब जिम्मेवारी बढ्छ वा परिवार संख्या थपिन्, त्यसपछि ऊ आफ्नो व्यक्तिगत रहर र चाहनामा मात्र अडिन पाउँदैन । अझ भनौं उसका प्राथमिकताहरू बदलिँदै जान्छन् । उसको दैनिकीमा फेरबदल आउँछ । कति रहर र सपनाको बाटो हिँड्न खोज्दा सोच्नुपर्ने हुन्छ ।
परिवारका सदस्यको आवश्यकता र खुशीलाई प्राथमिकता दिने कुरा प्रायः स्वाभाविक बनिदिन्छ । यसको अर्थ भनेको कुनै समय तपाईंलाई खुशी दिने चिजलाई त्याग गर्नु पनि हो।
जब तपाईं विवाह गर्नुहुन्छ वा बच्चा हुन्छन्, त्यसपछि एक्लै यात्रा गर्ने कुरा गर्नुहुन्छ भने मानिसहरू तपाईंलाई खिसीट्युरी गर्न थाल्छन् । अनावश्यक टिप्पणी गर्न थाल्छन्। ‘तपाईं एक्लै कसरी रमाइलो गर्न सक्नुहुन्छ?’ या ’के तपाईंलाई आफ्ना बच्चाहरूलाई साथमा नलगेर अपराधबोध हुनेछैन ?’
यस्तो भनाइहरू तपाईंले पक्कै सुन्नुपर्नेछ । यी केही आलोचनाहरू हुन् जसलाई धेरैले सहनुपर्छ।
तर, एकछिन सोच्नुहोस् त, के तपाईं समाजको अपेक्षाको चिन्ता वा समाजले के भन्ला, के सोच्ला भन्ने डरको कारणले आफूलाई रोकिरहनु भएको त छैन ?
विशेषगरी एक्लै यात्रा जस्ता सन्तोषजनक कुराबारे तपाईं धेरै सोच्नुहुनेछ । खासगरी तपाईं एक्लै घुम्न रूचाउनुहुन्छ भने । तपाईंले परिवार र आफन्तलाई समय त पक्कै दिनुपर्छ तर, तपाईं एकल यात्रामा रमाउनुहुन्छ भने यसलाई नत्याग्नुहोस् ।
एक्लै यात्रा गर्नु किन आवश्यक छ?
कुनै घरमा जब कुनै छोरी मान्छे आफ्ना अभिभावकसँग भन्छे- ‘म आफ्ना कलेजका साथीहरूसँग घुम्न जान सक्छु ?’ वा मानौं उसले भन्नेछ- ‘म एक्लै यात्रा जाँदै छु, के तपाईं मलाई केही पैसा दिन सक्नुहुन्छ?’
यसको परम्परागत उत्तर हुनेछ- ‘विवाह पछि जहाँ जानु छ जान, पहिले होइन!"
र, केही वर्ष पछि, जब त्यो छोरी अन्ततः विवाह गर्छे- तब उसँग जीवनभरको एक ‘स्थायी यात्रा साथी’ हुन्छ। त्यसपछि, उसको लागि एक्लै संसार घुम्नका लागि समय कहिले हुन्छ? पुरुषहरूभन्दा बढी, महिलाहरूलाई प्रायः आफ्ना आकांक्षाहरू र औख त्याग्नुपर्ने हुन्छ । यद्यपि, तपाईंको सम्बन्धको स्थिति, लिङ्ग वा पेशाबाट कुनै फरक पर्दैन ।
त्यकारण एक्लै यात्रालाई नत्याग्नुहोस् । विशेषज्ञहरूले पनि एकल यात्रा गर्नुलाई सिफारिस् गर्छन्, यसका पछाडी केही फाइदाहरू छन् । यस विषयमा मनोविज्ञहरूले भनेका छन् कि एक्लै यात्रा गर्दा व्यक्तिहरूलाई आफ्ना प्राथमिकता, रूचि, लक्ष्य र जीवनको दृष्टिकोण थाहा हुन् छ। यसले स्वायत्तता र स्वतन्त्रताको भावना उत्पन्न गर्दछ, जुन व्यक्तिगत विकासका लागि महत्त्वपूर्ण हुन्छ।

जहाँ सामाजिक मापदण्ड प्रायः सामूहिक ‘हामी’ प्रणालीमा जोड दिन्छ, त्यहाँ विवाह वा सम्बन्ध प्रायः जिम्मेवारीको भावना सँगै आउँछ। त्यसकारण, एक्लै यात्रा गर्नु आत्म-हेरचाहको रूप बन्न जान्छ । जसले तपाईंलाई अरूको साथीको रूपमा हुनु भए पनि तपाईंको व्यक्तित्वलाई पोषण गर्न मद्दत पुर्याउँछ । एक्लै यात्रा गर्दा व्यक्तिहरूलाई आफ्ना व्यक्तित्वलाई राम्रोसँग अनुभव र बुझ्न समेत सहयोग पुग्दछ ।
मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्नु
एकल यात्रा मानसिक स्वास्थ्यका लागि चमत्कारी हुन सक्छ। यसले एकरूपता तोड्छ, तनाव घटाउँछ र नयाँ दृष्टिकोणलाई प्रवर्द्धन गर्दछ। महिलाहरू विशेषगरी एक्लै यात्रा गरेर सशक्त महसुस गर्न सक्छन् र आफ्ना जीवनमा नियन्त्रण प्राप्त गर्न सक्छन्। यो स्वतन्त्रता र आत्मनिर्भरता को कुरा हो, जसले महिलाहरूलाई सशक्त बनाउने भावना दिन्छ।
एक्लै यात्रा गर्नुको अर्थ आफ्नो साथीबाट आफूलाई टाढा राख्नु होइन । यसले त आत्मविश्वासलाई मजबूत बनाउँछ।
बच्चा भएकाले तपाईंलाई एकल यात्रा छोड्नुपर्दैन। आफ्नो अनुपस्थितिमा परिवारलाई समावेश गर्नुहोस् या सहयोगको लागि अरूलाई राख्नुहोस् र साना, नजिकका यात्राबाट शुरू गर्नुहोस्। एक्लै यात्रा गर्नु बच्चाहरूलाई आफ्नै हेरचाहको महत्त्वको उदाहरण दिनु पनि हो। आफ्ना लागि समय निकाल्ने अभिभावकहरू ताजगीका साथ फर्कन्छन् र पारिवारिक जिम्मेवारीहरूलाई राम्रोसँग सम्हाल्नको लागि तयार हुन्छन्।