
अजिब र अनौठा कुराको खोजी गर्ने कामका लागि पाकिस्तानीहरू प्राय: चर्चामा रहन्छन् । हालै सार्वजनिक एक विवरणले फेरि एकपटक पाकिस्तानीलाई चर्चामा ल्याएको छ ।
जब गुगलले २०२४ को ‘इयर इन सर्च’ सूची सार्वजनिक गर्यो, तब पाकिस्तानको चर्चा तीव्र रूपमा बढ्न थाल्यो । गुगलको सूचीमा विभिन्न देशका मानिसहरूले के-के कुरा सबैभन्दा बढी खोजी गरेका छन् भन्ने जानकारी दिइएको छ। जसमा पाकिस्तानका सर्च रिजल्टमा हाउ टु (how to) खण्ड बनाइएको छ।
गुगलको सूचीअनुसार पाकिस्तानका मानिसहरूले सबैभन्दा बढी पोलिङ स्टेशनको बारेमा सर्च गरेका छन् । तर, मानिसहरूको चासो पहिलो स्थानभन्दा दोस्रो स्थानमा रहेको टप ट्रेन्डिङ शीर्षकमा देखिएको छ, जसमा ‘हजुरआमा मर्नुभन्दा पहिले कसरी लखपति बन्ने’ सबैभन्दा बढी सर्च गरिएको छ।
तपाईलाई पनि यो सर्च अजिब लाग्न सक्छ, तर यसको वास्तविक अर्थ बुझ्दा तपाईं पनि यससँग जोडिन सक्नुहुन्छ। आखिर पाकिस्तानीहरूले यस्तो खोजी किन गरे त? आउनुहोस् चर्चा गरौं ।
वास्तवमा हजुरआमा मर्नुभन्दा पहिले कसरी लखपति बन्ने (how to make millions before grandma dies) थाइल्याण्डको एक फिल्म हो, जुन २०२४ को अप्रिल महिनामा रिलिज भएको थियो । यो फिल्म पाकिस्तानमा निकै लोकप्रिय भयो । फिल्म अन्य देशहरूमा पनि रुचाइएको थियो । फिलिपिन्समा यसको स्क्रिन थपिएको थियो ।
फिल्म हेरेपछि मानिसहरू भावुक भए । फिल्म हेरेर रोएका भिडियोहरू पनि भाइरल भए । जसरी हालै नेपालमा पूर्णबहादुरको सारङ्गी फिल्म हेरेपछि हलमा मानिसहरू रोएका फोटो/भिडियो भाइरल भएका थिए ।
फिल्मले किन भावुक बनायो?
यस फिल्ममा एक बूढी हजुरआमाको दृष्टिकोणबाट एक परिवारको कहानी प्रस्तुत गरिएको छ। फिल्मले एकातर्फ घरका मुखियाको निधन हुनुअघि परिवारमा बढिरहेको तनावलाई उजागर गर्दछ भने अर्कोतर्फ सम्बन्धहरूको महत्त्वको पनि बोध गराउँछ।
यद्यपि, यस फिल्ममा ‘एम’ नामक पात्र पैसाको लालचमा आफ्नो हजुरआमाको सेवा गर्छ, यो आशामा कि हजुरआमाको क्यान्सरबाट मृत्यु भएपछि उसलाई सम्पत्ति प्राप्त हुनेछ। तर, जब ऊ परिवारसँग बस्छ, उसलाई थाहा हुन्छ कि त्यो कति गलत थियो ।
वास्तवमा के सोचिरहेका छन् मानिसहरू?
हजुरआमा मर्नुअघि लाखौं कसरी कमाउने फिल्मको नामलाई गहिरो रूपमा बुझ्दा यो युवाहरूलाई सफलता हासिल गर्नका लागि प्रेरित पनि गर्छ । जस्तो कि एक युवा चाँडै धनी बन्न चाहन्छ ताकि हजुरआमा मरेको भन्दा पहिले उसलाई सफल देख्न सकून् ।
वास्तवमा, एक मध्यम वर्गीय परिवारको व्यक्ति जब धनी बन्न चाहन्छ र अघि बढ्छ भने, उसको पहिलो सपना भनेको आफन्तलाई राम्रो जीवन दिनु हुन्छ । तर, सफल हुनुअघि नै हजुरआमा वा माता-पिताको मृत्यु हुँदा उसलाई गहिरो दु:ख लाग्छ।
उसको मनमा यही पछुतो रहन्छ कि उसले चाँडै पैसा किन कमाएन । यहाँ लखपति बन्ने चाहना वास्तवमा आवश्यकता र भावनासँग पनि जोडिएको हुन्छ । त्यसैले, हजुरआमा मर्नुभन्दा पहिले कसरी लखपति बन्ने (how to make millions before grandma dies) भन्ने गुगल सर्चिङमा फिल्मको नामसँगै धेरै भावना पनि जोडिएका छन्।