
सोलुखुम्बु जिल्लाको सोलुदुधुकण्ड नगरपालिका–१ स्थित प्रसिद्ध पर्यटकीयस्थल दूधकुण्ड पोखरी क्षेत्रमा निर्माण गरिएको पदमार्ग । बौद्ध, हिन्दु तथा किराँत धर्मवलम्बीहरूको समेत आस्थाको केन्द्र दूधकुण्ड क्षेत्रमा सोलुदूधकुण्ड नगरपालिकाको समन्वयमा पर्यटकीय संरचनाहरू निर्माण हुने क्रम तीव्र छ । यो पोखरी समुन्द्री सतहबाट चार हजार ५६० मिटर उचाइमा अवस्थित छ । तस्वीर : सुवास दर्नाल/रासस