
एआर मुरुगादासको निर्देशन र सलमान खान अभिनित चलचित्र ‘सिकन्दर’को घोषणापछि दर्शकहरूमा हलचल मच्चिएको छ।
यो मेगा प्रोजेक्टले घोषणा भएपछि नै ध्यान आकर्षित गरेको छ र यसको रिलिजका लागि फ्यानहरूको उत्साह बढिरहेको छ । लगातार बढिरहेको उत्साहमा अर्को खबर थपिएको छ ।
निर्माता साजिद नाडियाडवालाले अभिनेता सलमान खानको जन्मदिनको अवसरमा, २७ डिसेम्बर २०२४ मा ‘सिकन्दर’को टिजर रिलिज गर्ने घोषणा गरेका छन् ।
सबैभन्दा ठूला सुपरस्टारमध्ये एकका रूपमा रहेका सलमान खानका फ्यानको संख्या धेरै छ । उनको बहुप्रतीक्षित फिल्म ‘सिकन्दर’को टिजर उनको जन्मदिनमा रिलिज हुने कुराले उनका फ्यानहरूमा उत्साह छाएको छ।
‘सिकन्दर’मा सलमान खान र रश्मिका मन्दना मुख्य भूमिकामा छन्। फिल्म ईद २०२५ को अवसर पारेर रिलिज गर्ने तयारी छ ।