२३ जेठ २०८३, शनिबार

जाडोमा दही खानु राम्रो कि नराम्रो ? ९९ प्रतिशत मानिसहरूले गरिरहेका छन् ठूलो गल्ती

पुस २, २०८१
काठमाडौं
जाडोमा दही खानु राम्रो कि नराम्रो ? ९९ प्रतिशत मानिसहरूले गरिरहेका छन् ठूलो गल्ती

सामान्यतया मानिसहरू चिसो दही खानु हुँदैन भन्छन् । तपाईंले पनि सुन्नुभएको होला कि चिसोमा दही खाँदा रुघाखोकी लाग्छ भन्नेदेखि विभिन्न कुरा भइरहेका हुन्छन् । तर, के चिसो अर्थात्  जाडो मौसममा दही खानु बेफाइदा हो ? 

आउनुहोस्, यसबारे केही चर्चा गरौं । विज्ञहरूका अनुसार जाडोको मौसममा दही खानु फाइदाजनक हुन्छ, तर यसलाई संयमित मात्रामा र सही समयमा खानु आवश्यक छ । यदि कसैलाई स्वास्थ्यसम्बन्धी समस्या छ भने चिकित्सकको सल्लाह लिएर मात्र दहीको सेवन गर्नुपर्छ।

दही स्वादिष्ट मात्र होइन, स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ। नियमित रूपमा दही खानाले शरीरलाई बलियो बनाउनुका साथै रोगसँग लड्न सहयोग गर्छ। दहीमा क्याल्सीयम, प्रोटिन, फस्फोरस र भिटामिन बी१२ जस्ता महत्त्वपूर्ण पोषक तत्वहरू पाइन्छन्।

null

दहीको सेवनले पाचन समस्या, हड्डीहरूको कमजोरी, उच्च रक्तचाप, मुटुका रोग, छालाका समस्या, रोग प्रतिरोधी क्षमतामा कमी र मोटोपनजस्ता समस्यामा राहत दिलाउँछ। धेरैजसो मानिसले दहीको असर चिसो मान्छन्, जसका कारण जाडोमा यसको सेवन गर्दैनन्।

जाडोमा दही खानु राम्रो कि नराम्रो?
यदि तपाईंलाई पनि यो प्रश्नको उत्तर थाहा पाउन मन छ भने भारतका प्रख्यात डायटिसियन भावेश गुप्ताले बताएका कुरा यहाँ जानकारी दिँदैछौं । 

भावेशका अनुसार आयुर्वेदिक ग्रन्थहरूमा दहीको असर ‘उष्ण’ अर्थात् ‘गर्म’ बताइएको छ। यसर्थ, जाडोमा दही खानु स्वास्थ्यका लागि अझ फाइदाजनक हुन सक्छ।

null

भावेश भन्छन् कि दही प्रोबायोटिक्स फूड हो, जसले शरीरलाई स्वस्थ ब्याक्टेरिया दिन्छ। साथै, यसमा क्याल्सीयम र भिटामिन बी१२ को राम्रो स्रोत पनि छ, जसले मांसपेशी र हड्डीहरूलाई बलियो बनाउन सहयोग गर्छ।

पाचन सुधारमा सहयोग
दहीमा हुने प्रोबायोटिक्स (गुड ब्याक्टेरिया)ले पाचन प्रणालीलाई स्वस्थ राख्छ र कब्जियत, ग्यासजस्ता समस्या कम गर्छ। यसका साथै, दहीमा हुने गुड ब्याक्टेरियाले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ र संक्रमणबाट बचाउँछ।

हड्डी र दाँतका लागि लाभदायक
दहीमा प्रशस्त मात्रामा क्याल्सियम र भिटामिन डी पाइन्छ, जसले हड्डीलाई बलियो बनाउँछ र ओस्टियोपोरोसिसबाट जोगाउँछ। नियमित रूपमा दही खानाले कोलेस्ट्रोलको मात्रा र उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ, जसले मुटु रोगको जोखिम कम हुन्छ।

null

वजन नियन्त्रणमा सहयोग
दहीमा प्रोटिन र कम क्यालोरी पाइन्छ, जसले वजन घटाउन मद्दत गर्छ। यसले भोक नियन्त्रण गर्छ र पेट भरिएको महसुस गराउँछ। दहीमा हुने प्रोबायोटिक्सले मानसिक स्वास्थ्यलाई पनि सुधार गर्छ। यसले तनाव र चिन्ता घटाउन सहयोग पुर्‍याउँछ।

दही खाने सही तरिका के हो?

  • दहीलाई गुड वा महसँग खान सकिन्छ, जसले यसलाई तातो असर दिन्छ र शरीरलाई ऊर्जा पनि दिन्छ।
  • रायता (काक्रो, गाँजर, प्याज, टमाटर आदि) वा लस्सीको सट्टा गाढा दहीको सेवन गर्नु राम्रो हुन्छ।
  • चिसो दही खानुबाट बच्नुपर्छ। दहीलाई कोठाको तापक्रममा ल्याएर वा हल्का न्यानो बनाएर खानुपर्छ।
  • जसलाई दम, साइनस वा घाँटीको समस्या बारम्बार हुने गर्छ, तिनले जाडोमा दही खानु हुँदैन।

salt training

कमेन्ट गर्नुहोस्