०९ साउन २०८३, शनिबार

लगातार दोस्रो दिन पनि बढ्यो नेप्से

पुस ९, २०८१
काठमाडौं
लगातार दोस्रो दिन पनि बढ्यो नेप्से

शेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि दोहोरो अंकले बढेको छ ।

मंगलबार नेप्से १४.११ अंकले वृद्धि भएर २६२६.३१ बिन्दुमा कायम भएको हो ।

कारोबार रकम पनि सामान्य बढेर ५ अर्ब २० करोड पुगेको छ ।

बिहीबार कारोबार भएकामध्ये १६७ कम्पनीको शेयर मूल्य बढ्दा ७१ कम्पनीको मूल्य घटेको छ । 

६ वटा कम्पनीमा कुनै परिवर्तन भएन ।

आत्मनिर्भर, गुराँस र सामुदायिक लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढ्दा सपोर्ट लघुवित्तको मूल्यमा १० प्रतिशतले गिरावट भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्