१४ असार २०८३, आइतबार

कुकुरले कसरी बुझ्छ मानिसको भाषा ? यस्तो छ अनुसन्धानको निष्कर्ष

पुस १२, २०८१
काठमाडौं
कुकुरले कसरी बुझ्छ मानिसको भाषा ? यस्तो छ अनुसन्धानको निष्कर्ष

कुकुरले मानिसको धेरै भाषा बुझ्छ भन्ने कुरा कतिपयलाई अनौठो लाग्न सक्छ । बस्ने, उठ्ने, आउने, जाने, भुक्ने जस्ता सामान्य शब्द मात्र होइन, कुकुरले मानिसको बोलीका अन्य भाषा पनि बुझ्न सक्छन् भन्ने कुरा अनुसन्धानले पुष्टि गरेको छ ।

सन् २०२१ डिसेम्बर १२ मा प्रकाशित एउटा अध्ययनले कुकुरमा परिचित र अपरिचित भाषा छुट्याउन सक्ने क्षमता भएको उल्लेख छ ।

हंगेरीको एओट्भोस लोराण्ड विश्वविद्यालयका न्यूरोबायोलोजिस्ट लौरा कुआयाले नेतृत्व गरेको यस अनुसन्धानले कुकुरको मस्तिष्कले भाषागत भिन्नतालाई कसरी बुझ्छ भन्ने नयाँ तथ्य खुलाएको छ ।

कुआया मेक्सिकोबाट हंगेरी सरेपछि आफ्नो 'कुन-कुन' नाम भएको कुकुरको विभिन्न व्यवहारबाट प्रभावित भइन् । उनी आफ्नो कुकुर कुन-कुनले हंगेरी भाषाका शब्दप्रति ध्यान दिएको पत्ता लगाएपछि अनुसन्धान शुरू गर्ने निष्कर्षमा पुगेकी थिइन् ।

अनुसन्धानका क्रममा १८ वटा कुकुरलाई एमआरआई स्क्यानका लागि तालिम दिइएको थियो । स्क्यान गर्दा ती कुकुरहरूलाई स्पेनी भाषामा 'दि लिटिल प्रिन्स', हंगेरी भाषामा सोही पाठ र अन्य कुनै अर्थ नराख्ने आवाज सुनाइएको थियो ।

त्यसको परिणामस्वरूप कुकुरहरूले बोली र अन्य ध्वनिहरू छुट्याउन मात्र नभई परिचित र अपरिचित भाषाको पनि भिन्नता बुझ्न सक्ने देखियो ।

अनुसन्धानले कुकुरको मस्तिष्कले भाषालाई दुई चरणमा लिने गर्छ । प्राथमिक चरणमा यसले बोली र अन्य ध्वनिहरू छुट्याउँछ । त्यस्तै दोस्रो चरणमा यसले परिचित र अपरिचित भाषाको भिन्नता छुट्याउँछ।

रोचक कुरा के छ भने, पाको उमेरका कुकुरहरूले विभिन्न भाषा बढी सहजताका साथ छुट्याउन सक्छन् । किनभने उनीहरूले लामो समयदेखि विभिन्न भाषाका ध्वनिहरू सुनेका हुन्छन् ।

मानिसको भाषालाई प्राकृतिक रूपमा बुझ्न सक्ने क्षमताका कारण कुकुरहरू हाम्रो सुन्ने साथी मात्र नभई बुझ्ने साथी रहेको हुन्छ । यसले मानिस र कुकुरबीचको सम्बन्ध अझै नजिक बनाउँछ ।

salt training

कमेन्ट गर्नुहोस्