०६ साउन २०८३, बुधबार

२०२४ मा चिकित्सा क्षेत्रको सफलता: सुँगुरको मृगौला प्रत्यारोपणदेखि बहिरोपनको समाधानसम्म

पुस १२, २०८१
काठमाडौं
२०२४ मा चिकित्सा क्षेत्रको सफलता: सुँगुरको मृगौला प्रत्यारोपणदेखि बहिरोपनको समाधानसम्म

सुँगुरको मृगौला प्रत्यारोपणदेखि आनुवंशिक बहिरापनको पुनर्स्थापनासम्मका खोजहरूले सन् २०२४ को वर्ष मेडिकल साइन्सका लागि सफल वर्ष रह्यो ।

अटोइम्यून रोगको कारण पत्ता लगाउन गरिएको खोज, नयाँ औषधिको विकास र अन्तिम चरणका अंग विफलताबाट प्रभावित बिरामीहरूको उपचारमा भएको उपलब्धिहरूले चिकित्सा क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ ।

१. जीन थेरापीबाट श्रवणशक्ति पुनर्स्थापना

जनवरीमा 'द लान्सेट जर्नल'मा प्रकाशित एक क्लिनिकल ट्रायलले वंशानुगत बहिरापन भएका बालबालिकाको श्रवणशक्ति पुनर्स्थापना गर्ने सफलता प्राप्त गरेको दाबी गर्‍यो ।

मासाचुसेट्सको मास आइ एन्ड इयर अस्पतालका अनुसन्धानकर्ताहरूले DFNB9 भनिने आनुवंशिक बहिरापन भएका छ बालबालिकामा जीन थेरापी परीक्षण गरेका थिए ।

जीनको कार्यशील संस्करण बोक्ने भाइरस प्रयोग गरी बालबालिकाको भित्री कानमा थेरापी गरिएको थियो । २६ हप्तापछि छ बालबालिकामध्ये पाँचजनाले पूर्ण रूपमा सुन्न सक्ने क्षमता प्राप्त गरे ।

यसले जीन थेरापीलाई भविष्यमा वंशानुगत श्रवण समस्यासँगै अन्य प्रकारका उपचारका लागि नयाँ आधार निर्माण गरेको छ ।

२. सुँगुरको मृगौला प्रत्यारोपण

मार्च २०२४ मा म्यासाचुसेट्स जनरल अस्पतालका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मृगौला ६२ वर्षीय बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरे ।

उक्त सफल प्रक्रियाले अंग अभावको समस्यालाई सम्बोधन गर्न नयाँ आशा प्रदान गरेको छ । अन्तिम चरणको मृगौला विफलताबाट पीडित बिरामीहरूको उपचारमा यो प्रविधिले महत्वपूर्ण भूमिका खेल्नसक्ने अपेक्षा गरिएको छ ।

३. अटोइम्यून रोग'लुपस'बारेखोज

ब्रिघम एन्ड वुमेन्स हस्पिटल र नर्थवेस्टर्न मेडिसिनका अनुसन्धानकर्ताहरूले अटोइम्यून रोग लुपसको कारण पत्ता लगाउन सफल भए ।

जुलाईमा नेचर जर्नलमा प्रकाशित अध्ययनले टी-सेलमा भएको असन्तुलनलाई लुपसको प्रमुख कारणको रूपमा भएको मानिएको छ । यसले भविष्यमा लुपस उपचारका लागि नयाँ औषधि विकासको बाटो खोल्न सक्छ ।

४.सिजोफ्रेनियाका लागि नयाँ औषधि

सेप्टेम्बरमा अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्टे्रसन (FDA)ले सिजोफ्रेनियाको उपचारका लागि नयाँ औषधि अनुमोदन गरेको छ ।

Cobenfy नामक यो औषधिले भ्रम, मानसिक असन्तुलन र अव्यवस्थित सोच व्यवस्थापन गर्न मद्दत पुर्‍याउँछ । डोपामाइन रिसेप्टरलाई नरोकीकन नै प्रभावकारी हुने यो औषधिलाई गेम चेन्जरका रूपमा हेरिएको छ ।

यी सबै उपलब्धिहरूले चिकित्सा विज्ञानमा नयाँ आशाका किरण देखाएका छन् । जीन थेरापी, अंग प्रत्यारोपण र अटोइम्यून रोगको समाधानले चिकित्सा क्षेत्रमा भविष्यको विकासलाई नयाँ दिशा प्रदान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्