११ असार २०८३, बिहीबार

बीवाईडी एम-६ को मलेसिया यात्रा : सरकारको साथले बढ्यो माग, उपभोक्ताको सकारात्मक प्रतिक्रिया

पुस १६, २०८१
काठमाडौं
बीवाईडी एम-६ को मलेसिया यात्रा : सरकारको साथले बढ्यो माग, उपभोक्ताको सकारात्मक प्रतिक्रिया

मलेसियामा बीवाईडी एम–सिक्सको लोकप्रियता बढ्दै गएको छ । मलेसियन बजारमा ७ सिटर बीवाईडीको एम–सिक्स मोडलले आफ्नो वर्चश्व बढाउन थालेको हो ।

५३० किलोमिटरको रेन्ज दिने यस गाडीको लुक्स र सुपथ मूल्यले यसलाई झन् चर्चामा ल्याइरहेको देखिन्छ । विश्व बजारमा विद्युतीय गाडीको बजारमा ठूलो हिस्सा रहेको बीवाईडीले मलेसियामा पनि व्यापार बढाइरहेको हो । ​

मलेसियाली सरकारको दिगो यातायात र इलेक्ट्रिक गाडीहरूको प्रयोगलाई प्रोत्साहित गर्न अगाडि सारेका योजनाहरूले पनि बीवाईडीको माग बढाएको छ ।

मलेसियाले इलेक्ट्रिक गाडीहरूको लागि विभिन्न प्रोत्साहन योजना लागू गर्दै आएको छ । जसमा मलेसियाले कर छुट, अनुदान र ईभी चार्जिङ स्टेसनहरूको विकासलाई प्राथमिकतामा राखेको छ । यसले गर्दा पनि बीवाईडी एम–सिक्सको बिक्रीमा वृद्धि देखिन थालेको छ । ​

मलेसियाली सरकारले इलेक्ट्रिक गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न सार्वजनिक चार्जिङ नेटवर्क विस्तारको काम गरिरहेको छ ।​

null

बीवाईडी एम–सिक्स

७ सिटर बीवाईडी एम–सिक्स परिवारका लागि उपयुक्त इलेक्ट्रिक गाडी हो । विद्युतीय गाडी भएकोले सञ्चालन लागत न्यून पर्न जान्छ । ४४० किलोमिटरदेखि ५३० किलोमिटरसम्मको रेन्ज दिने यो ईभी मलेसिया जस्तो मुलुकमा लामो यात्रा गर्नका लागि उपयुक्त हुन्छ । बीवाईडी एम सिक्समा ७१.८ किलोवाटको ब्याट्री क्यापासिटी रहेको छ ।

यसले ० देखि १०० किलोमिटरको प्रति घण्टाको स्पिटलाई ८.६ सेकेन्डमा समात्न सक्ने कम्पनीको दाबी छ । ​

चीनको प्रमुख इलेक्ट्रिक गाडी निर्माता कम्पनी बीवाईडी मलेसियामा आफ्नो उपस्थिति सशक्त बनाउनका लागि सक्रिय रूपमा काम गरिरहेको छ । मलेसियाका प्रमुख शहरहरूमा बीवाईडीले शोरुम र डिलर सीप विस्तार पनि गरिसकेको छ । 

ग्राहकलाई गाडीहरूको बारेमा जानकारी दिन र परीक्षण अर्थात् टेस्ट ड्राइभका लागि मलेसियाका मुख्य शहरहरूमा उपलब्ध रहेको छ ।

उपभोक्ताको विश्वासलाई अझ बलियो बनाउँदै मलेसियाका विभिन्न स्थानमा मर्मत र सेवाका लागि केन्द्रहरू पनि स्थापना गरेको छ । ​

null

बजार र उपभोक्ताहरूको प्रतिक्रिया

मलेसियाका उपभोक्ताहरूले बीवाईडी एम–सिक्सको सुविधा र इको–फ्रेन्डली डिजाइनको प्रशंसा गरेका छन् । ठूलो परिवार र समूहहरूको लागि उपयुक्त यो गाडीको माग पनि त्यत्तिकै बढिरहेको छ । ​

बीवाईडी एम–सिक्सको इन्टेरियर्स र स्मार्ट टेक्नोलोजी, कम लागत र पर्यावरणीय फाइदाले उपभोक्ताहरूलाई आकर्षित गरेको छ ।

यसका साथै विवाइडी दीर्घकालिन योजनामा मलेसिया र सम्पूर्ण दक्षिण–पूर्वी एसियामा इलेक्ट्रिक गाडीहरूको प्रमुख आपूर्तिकर्ता बन्दै गएको छ ।

कम्पनीले मलेसियामा स्थानीय उत्पादन र एसेम्बल गर्ने योजनामा बनाएको छ । जसले उत्पादन लागत घटाउन र गाडीहरूको मूल्यलाई अझ सस्तो बनाउने जनाइएको छ । मलेसियाको चार्जिङ संरचनाको थप विस्तार गर्दै लगिरहेको छ । 

मलेसियामा इलेक्ट्रिक गाडीहरूको स्वामित्व बढ्दो रूपमा सस्तो र सुविधाजनक हुँदै गएको कम्पनीको भनाइ छ ।

सरकार र निजी क्षेत्रले मिलेर चार्जिङ स्टेसनको सङ्ख्या तीव्र गतिमा बढाउँदै लगिरहेका छन् । बीवाईडीको दैनिक प्रयोगलाई सहज बनाउँदै लगिरहेको छ ।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्