
चीनको प्रमुख अटोमोबाइल कम्पनी बीवाईडीको नयाँ मोडल एमपीभीले(एम–सिक्स)सिंगापुरमा चर्चा कमाइरहेको छ । हरित र सफा यातायातमा सिंगापुर सरकारको समर्थनले बीवाईडी एम–सिक्स पर्यावरण मैत्री उपभोक्ताहरूबीच लोकप्रिय बनेको हो ।
सिंगापुरको हरित भविष्यको लागि बीवाईडी उपयुक्त देखिएको छ ।
सिंगापुरले केही वर्षदेखि कार्बन उत्सर्जन घटाउने र इलेक्ट्रिक गाडीहरूको प्रयोग बढाउने योजना बनाएको छ । बीवाईडी एम–सिक्सले पनि ठ्याक्कै सिंगापुरको वातावरणमैत्री गाडीलाई बजारमा ल्याएको छ ।
आकर्षक डिजाइन र आधुनिक सुविधासहतिको बीवाईडी एम–सिस झन् लोकप्रिय बन्दै गइरहेको छ ।
यस्ता छन् प्रमुख विशेषताहरू
७ सिटर यस ईभीमा ७१.८ किलोवाटको ब्लेड ब्याट्रीसहित आउने गर्दछ । यसले २०१ बीएचपी पावर र ३१० एनएम टर्क जनेरेट गर्दछ र यसको मुख्य आकर्षक भनेको डब्लूएलटीपी रेन्ज ४४० किलोमिटरदेखि ५३० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । ७ सिटर यो गाडी ६ सिटरमा पनि उपलब्ध रहेको छ ।
यसको डिजाइन ‘ड्रैगन फेस’ डिजाइन नामअनुसार बनाइएको छ । नयाँ एलईडी हेडलाइट र १७ इन्च एलॉय व्हील्स पाउन सकिन्छ । त्यस्तै, १२.८ इन्च रोटेटिङ टच स्क्रिन इनफोटेन्समेन्ट सिस्टम, ५ इन्च डिजिटल ड्राइभर डिस्प्ले, स्वचालित क्लाइमेट नियन्त्रण, वायरलेस फोन चार्जर र भेइकल टू लोड प्रविधि जस्ता सुविधाहरू छन् । ६ एयर ब्याग, ३६० डिग्री क्यामरा, लेभल २ एडीएएस र अन्य सुरक्षा सुविधाहरू उपलब्ध छन् ।

सिंगापुरका उपभोक्ताहरूको प्राथमिकतामा
सिंगापुर सरकारले इलेक्ट्रिक गाडी प्रोत्साहन योजनाहरू जस्तै ‘ईईएआई’का कारण यस गाडीले राम्रो प्रतिक्रिया पाइरहेको छ । यस गाडीले शान्त र आरामदायक ड्राइभ, ४४० किलोमिटरको रेन्ज र कम मर्मत खर्चका कारण धेरै ग्राहकहरूको मन जितेको छ ।
सिंगापुरमा बीवाईडी एम–सिक्सका उपभोक्ताहरूले सस्तो मूल्यमा उच्च रेन्ज र स्मार्ट सुविधाहरूमा आकर्षित भएको प्रतिक्रिया दिएका छन् । कम्पनीका अनुसार स्मार्ट टेक्नोलोजी, इन्टेरियर्स र सुरक्षा लगायतका सुविधाहरूले गर्दा यसलाई उपभोक्ताहरूले रुचाइरहेका छन् । ग्राहकहरूले यसको यात्रा धेरै आरामदायी बनाएको प्रतिक्रिया दिएका छन् ।
गाडीको विस्तृत इन्टेरियर्स र स्मार्ट चार्जिङ सिस्टम ग्राहकहरू निकै सन्तुष्ट रहेको प्रतिक्रिया आउँदै गरेको कम्पनीको भनाइ छ । यसका साथै गाडीको डीसी फास्ट चार्जिङ विशेषताले वास्तवमै उपयोगी रहेको छ ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स ईकले नेपालमा बीवाईडी एम–सिक्सि को बुकिङ खुल्ला गरिसकेको छ ।
कम्पनीका अनुसार नेपालमा यो गाडी करिब डेढ लाखको छुटसहित आउने भएको छ । यसको मूल्य नेपाली बजारमा करिब ६० लाख रुपैयाँ पर्ने जनाइएको छ ।
गाडी बीवाईडीको ई-सिक्सको दोस्रो सँस्करण हो । यसमा नयाँ डिजाइन, अपग्रेडेड सुविधाहरू र दायरालाई बढाइरहेको छ ।