
सामसङ नेपालले १२ केजीसम्मको क्षमताका एआई–वाश र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेका आफ्नो नयाँ बिस्पोक वासिङ मशिन नेपाली बजारमा उपलब्ध गराएको छ ।
स्मार्टथिंगस्एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वासिङ मशिनले लुगा धुने प्रक्रिया सजिलो बनाउने कम्पनीले जनाएको छ ।
यसका साथै धुलाइको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन सुविधाले उपयुक्त बनाउने छ ।
यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मशिनलाई तपाईँको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ ।

यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई ब्रिधि गरी गहिराइलाई ६००एमएममा राखेर कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ । यो नयाँ वासिङ मशिनले स्लिक डिजाइन, सजिलो इन्टरफेस र लुगाको सफाइलाई प्राथमिकता दिन्छ ।
दक्षता, दिगोपन र राम्रो अनुभवमा केन्द्रित भएर यो मशिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ ।
१२ केजी लाइन–अप दुई वटा फरक मोडलहरूमा उपलब्ध छ । जसमा डायल कन्ट्रोल भएको WW12DG5B24AXIM र एलईडी डिस्प्ले भएको WW12DG6B24ABIM छन् । यी दुवै मोडलहरूको मूल्य क्रमशः रु १,१४,९९० र रु १,२०,९९० रहेको छ।
यस वासिङ मशिनलाई सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपालभर उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।