![‘कार्साङ’को प्रिमियरमा को-को पुगे ? [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Kaarsang_Nepali_movie-_Premiere_12_xcDp1jpe1Y.jpg)
यही पुस २६ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कार्साङ’को प्रिमियर गरिएको छ । बुधबार साँझ काठमाडौंको बिग मुभिजमा प्रिमियर सम्पन्न गरिएको हो ।
प्रिमियरमा सिनेमाकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति रह्यो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी , निर्देशक दीपाश्री निरौला , अनुप बराल, किरण केसी, गायक कमल खत्री, मेलिना मैनाली लगायत धेरै कलाकार प्रिमियरमा सहभागी भए ।
तर, चलचित्रका मुख्य पात्र दयाहाङ राई भने कार्यव्यस्ताले उपस्थित हुन नसकेको ‘कार्साङ निर्माण पक्षले जानकारी दिए ।

‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताए ।
चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यद्यपि, सबैले सिनेमा रिलेट गर्ने निर्देशकको दाबी छ । यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ ।
‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सहनिर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।












