२९ असार २०८३, सोमबार

शीतलहरबाट तराई-मधेशका जिल्लामा जनजीवन प्रभावित

पुस २४, २०८१
नेपालगञ्ज
शीतलहरबाट तराई-मधेशका जिल्लामा जनजीवन प्रभावित

पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि नेपालगञ्जको जनजीवन प्रभावित बनेको छ ।

जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी तोक्दै सुरक्षा निकायलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत कार्ययोजना बनाएर सम्बन्धित निकायलाई शीतलहर व्यवस्थापनका लागि आग्रह गरिएको जानकारी दिँदै स्थानीय तहलाई स्रोत व्यवस्थापन गर्न म्यान्डेट दिएको बताए । 

बाक्लो हुस्सु र शीतलहरले जनजीवन कष्टकर बन्दा स्थानीयले आगो बालेर ताप्न थालेको दृश्य धेरै ठाउँमा देख्न सकिन्छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न वर्ग बढी प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्किन कठिनाइ हुँदा बजारमा चहल पहल कम मात्रामा देखिएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले चिसोले गर्दा न्यानो कपडाको बिक्रीवितरण बढे पनि अन्य व्यापार व्यवसायमा मन्दी रहेको बताए। उनले शीतलहरका कारण अधिकांश सर्वसाधारण घरमै बसिरहेको उल्लेख गरे । 

चिसोका कारण स्वास्थ्यमा असर पर्ने सम्भावना बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई विशेष ख्याल गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । भेरी अस्पतालका सूचना अधिकारी डा संकेतकुमार रिसालले चिसो धेरै बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिलाई चिसोबाट जोगाउन आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्