०५ साउन २०८३, मंगलबार

प्रकाश सपुतको बसन्तको ‘साँझ पर्‍यो झमक्क’ सार्वजनिक

पुस २७, २०८१
काठमाडौं
प्रकाश सपुतको बसन्तको ‘साँझ पर्‍यो झमक्क’ सार्वजनिक

आगामी चैत २२ गते प्रदर्शनमा आउने चलचित्र ‘बसन्त’को  ‘साँझ पर्‍यो झमक्क’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार एक समारोहमा गीत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द/संगीत प्रकाश सपुतको रहेको छ भने स्वर शान्ति श्री परियार र प्रकाश सपुतको छ । चैते दशैंको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको चलचित्रको निर्माणमा आफू र आफ्नो टिमले निकै मेहनत गरेको प्रकाशले बताए । आफूले सोचेको र खोजेकै जस्तो नतिजा निस्कनेमा विश्वस्त रहेको चलचित्रका निर्देशक समेत रहेका सपुतले बताए । 

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङका अलवा काठमाडौं र तराईका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको छ । चलचित्रमा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । 

यो सोसल ड्रामा चलचित्रको कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्ने छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । चलचित्रलाई  सुसन प्रजापतिले खिचेका हुन् ।

हेर्नुहोस् गीत :

salt training

कमेन्ट गर्नुहोस्