
प्रतिकूल बकपत्र गरेको अभियोगमा पर्साको पोखरिया नगरपालिका वडा नम्बर २ का चन्दन कुमार मिश्रउपर भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मिश्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले घुस लिएको भन्ने मुद्दामा मिश्र सरकारी साक्षी थिए ।
मिश्रले सुवेदीविरुद्धको मुद्दामा अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको हुनाले अख्तियारले उनलाई प्रतिवादी नबनाई सरकारी साक्षी बनाएको थियो ।
तर, विशेष अदालतमा बकपत्र गर्दा आयोगमा गरेको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेको भन्दै मिश्रविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् । मिश्रविरुद्ध ९९ हजार रूपैयाँ बिगो कायम गरिएको छ ।