
चीनको प्रमुख विद्युतीय गाडी उत्पादक कम्पनी बीवाईडीले भारतीय बजारमा आफ्नो क्रसओभर मोडल ‘बीवाईडी सि लायन–७’ सार्वजनिक गरेको छ ।
बीवाईडीको सर्वाधिक प्रतीक्षा गरिएको क्रसओभर मोडल ‘बीवाईडी सि लायन–७’ भारत मोबिलिटी ग्लोबल एक्पो २०२५ मा सार्वजनिक गरिएको हो ।
७ सिटर इलेक्ट्रिक एसयूभी सि लायन–७ मा आकर्षक डिजाइन, शक्तिशाली पावर ब्याट्री र आधुनिक सुविधा छन् ।
७ सिटर क्षमता र अत्याधुनिक टेक्नोलोजीको प्रयोग गरिएको यस मोडललाई लक्जरी मानिएको छ । कम्पनीले अत्याधुनिक सुरक्षा सुविधाका साथै स्मार्ट कनेक्टिभिटी समेत प्रदान गरेको छ ।
यसको इलेक्ट्रिक पावरट्रेनलाई मुख्य विशेषताको रूपमा हेरिएको छ । भारतीय बजारमा प्रतिस्पर्धी मूल्यमा विद्युतीय सवारीको विकल्प दिनुका साथै, भारतीय बजारमा बीवाईडीको पहुँच अझ बढ्ने सम्भावना देखिएको छ ।
पछिल्ला वर्षमा भारतको ईभी बजारमा निकै तीब्र गतिमा वृद्धि भइरहेको छ । बीवाईडी सि लायन–७ को भारतीय बजारमा सार्वजनिकसँगै ईभीको बजारमा झन् प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ ।