१२ असार २०८३, शुक्रबार
गोविन्दको बदलिएको जीवनशैली

‘पहिलेको दुःख सम्झिँदा अहिले कथाजस्तै लाग्छ’

माघ १२, २०८१
विराटनगर
‘पहिलेको दुःख सम्झिँदा अहिले कथाजस्तै लाग्छ’

तेह्रथुमको छथर गाउँपालिका– ६ का गोविन्द कटवालका तीन छोरी र एक छोरा छन् । उनीहरू चारै जना सरकारी पेसामा छन् । गोविन्द पनि सरकारी पेसाबाट नै बिदा भएका हुन् । २०५० साल भदौ १ गतेबाट सरकारी सेवामा प्रवेश गरेका उनले २२ वर्ष मात्रै जागिर खाए । २३ वर्षको उमेरमा स्थायी शिक्षक भएका कटवालले ४४ वर्षको उमेरमै जागिर छाडे । छोराछोरीको पठनपाठन नबिग्रियोस् भनेर आफूले जागिर छाडेको उनले बताए । 

जागिर खानुभन्दा पहिला भने उनले ठूलो संघर्ष गर्नु परेको थियो  । अंशमा १७/१८ रोपनी आफ्नो भागमा परेको उनले बताए । उनको एउटा सानो घर थियो । २०४८ साल बैशाख ९ गते उनीसहित माइला दाजुको पनि घर आगोमा खरानी भयो । अन्नपात सबै जलेर खरानी भएपछि उनलाई ठूलो संकट आइलाग्यो । संकटका बेला उनलाई छरछिमेकीहरूले सहयोग गरेका थिए । ‘मलाई कसैले धान, कोदो, मकैलगायत खाद्यान्न ल्याइदिए’, उनले भने, ‘रेडक्रसले त्रिपाल र केही भाँडाकुँडा दियो । छरछिमेकहरूकै कारण म त्यति बेला बाँचे ।’ 

पहिला अहिलेजस्तो सहयोग नजुट्ने गरेको उनले बताए । त्रिपालमुनि नै उनले १ वर्ष बिताए । ०४९ सालमा घरमुनि भिरको खर काटेर टहरो बनाएका थिए । खर ल्याउन उनलाई छिमेकीहरूले सहयोग गरेका थिए । परिवार पाल्नै समस्या भएपछि उनी साथीभाइसँग भारतमा काम गर्न गए । 

०४९ साल भदौ १२ गते उनी भारतको मेघालयमा कोइला काट्न गएका थिए । उनी घरबाट हिँडेको डेढ हप्तामै घरमा छोराको जन्म भयो । मेघालयमा पुग्नेवित्तिकै बिरामी परेको उनले बताए । मलेरिया ज्वरोका कारण काम गर्न नसकेको उनले सम्झिए । केही समय भने कोइला बोक्ने काम गरेको उनले बताए । कोइला काट्ने काम साह्रो भएको उनी बताउँछन् । 

६ महिना बसेपछि फागुन २ गते मेघालयदेखि भारतकै पानी ट्यांकी आउने बस चलेपछि घरपरिवारको अवस्था सम्झेर फर्केको उनी बताउँछन्  । घरमा आउँदा उनले दुई वटा कम्बल, दुइटा खास्टा र एउटा इन्डियन रेडियो ल्याएका थिए । 

उनी गाउँका भलिबल खेलाडी पनि थिए । मेघालयमा पनि साथीहरूसँग खेल्ने गरेको उनले सुनाए । साथीहरूले उनलाई गितार गिफ्ट दिएका थिए । घरमा आइपुग्दा १२ सयजति पैसा ल्याएको उनले बताए । 

२०५० सालमा भने उनको शिक्षक सेवामा नाम निस्किएको थियो । 

गोविन्दका तीन छोरी र एक छोरा मात्रै होइन बुहारी र ज्वाइँ पनि सरकारी जागिरे छन् । तर, उनले भने आफ्नो कर्म छाडेका छैनन् । ७० रोपनी जति जग्गामा गोविन्दले अलैँची तथा सुन्तला खेती गरिरहेका छन् । 

अहिले भने उनीसँग ७० रोपनीजति जग्गा छ । त्यो जग्गामा अलैँची तथा सुन्तला खेती गरेका छन् । उनले इटहरीमा घर पनि बनाएका छन् । संघर्ष गरेका गोविन्दका लागि अहिले भने त्यति बेला गरेको दुःख कुनै गाउँको कथाजस्तो बनेको छ । उनका छोराछोरी मात्रै होइन बुहारी र ज्वाइँ पनि सरकारी कर्मचारी छन् । 

छथर ६ को सुदापमै रहेको मच्छिन्द्र माविमा उनले कक्षा ७ सम्मको अध्ययन गरेका थिए । ८ देखि भने भगवती मावि ओख्रेमा पढेका थिए । मादेवा आधारभूत विद्यालयबाट उनको जागिरे जीवन शुरू भएको हो । उनका छोराछोरीले भने मच्छिन्द्र माविमै पढेका हुन्  । छोरा उत्तम कटवाल नेपाल प्रहरीमा कार्यरत छन् । जेठी छोरी रचना कटवाल मच्छिन्द्र माविमै आधारभूत तहकी स्थायी शिक्षक हुन् । उनले नेपाली विषयमा स्नातकोत्तर गरेकी छिन् । 

माहिली लक्ष्मी कटवाल कक्षा कक्षा ११/१२ मा भने विज्ञान विषय पढेकी हुन् । उनले ब्याचलर भने गणित विषयबाट गरिन् । उनले  स्नातकोत्तर अध्ययन गरिरहेकी छिन् । संघीय अनुदानको मावि दरबन्दीमा काम गरिरहेकी छिन् । शिक्षक सेवाको रिजल्ट आउने बेला भएको बुवा गोविन्द बताउँछन् । उनले पनि आधारभूत तहकै परीक्षा दिएकी हुन् । नाम निस्कनेमा ढुक्क रहेको बुबा गोविन्दले बताए । लक्ष्मी भने जनता मावि छथर गाउँपालिका १ मा रहेको विद्यालयमा पढाउँछिन् ।  । 

कान्छी इन्दिरा कटवाल अग्रेजी विषयबाट स्नातकोत्तर गर्दै छिन् । तीन दिदी बहिनीमा पहिला इन्दिराले स्थायीमा नाम निकालेकी हुन् । बुबा गोविन्दले स्थायीमा नाम निकाल्नुभन्दा पहिला काम गरेको विद्यालयमा उनी पढाउँछिन् । जनज्योति आधारभूत विद्यालयमा उनी पढाउँछिन् । यो विद्यालय घरको नजिकै छ । 

२ वर्ष जति यही विद्यालयमा आफूले श्रमदान गरेको गोविन्द सम्झन्छन् । त्यतिबेला विद्यालय भने छाप्रोमा सञ्चालन गरिएको थियो । गोविन्दका माइला ज्वाइँ बलबहादुर पौडेल एक आइएनजीयोमा अधिकृत स्तरका कर्मचारी हुन् । कान्छा ज्वाइँ कृष्ण खड्का इटहरी उपमहानगरपालिकामा कार्यरत छन् । बुहारी सुजता खड्का विद्युत् प्राधिकरणकी कर्मचारी हुन् ।

नेपाल विद्युत् प्राधिकरणको मोरङको रंगेलीमा रहको उपशाखाकी सह लेखापाल हुन् । ‘एसएससी पास गरेपछि छोराछोरीलाई विदेश जानेकी के गर्ने भनेर सोधेको थिए ।  यही बसेर केही गर्ने भनेपछि म पनि हर्षित भएको थिएँ’  उनले भारत जाँदा पाएको दुःख सम्झँदै भने।

salt training

कमेन्ट गर्नुहोस्