
सुर्खेतमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइलीमा पानीमा डुबेर अन्दाजी दश वर्षका बालकको मृत्यु भएको हो ।
बालक पानीमा डुबेको अवस्थामा फेला पारेर स्थानीयले अस्पताल पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
प्रहरीका अनुसार ती बालकको सनाखत हुन सकेको छैन । घटनाको प्रकृति हेर्दा बालक पौडी खेल्न आएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी, डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।