०२ साउन २०८३, शनिबार

रसुवामा निःशुल्क स्वास्थ्य शिविर

माघ १३, २०८१
रसुवा
रसुवामा निःशुल्क स्वास्थ्य शिविर

रसुवाको स्याफ्रुबेँसीमा आयोजना गरिएको एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा एक सय पाँच महिलाको पाठेघर परीक्षण गरिएको छ ।

लाङटाङ लिरुङ अस्पतालद्वारा आयोजित शिविरमा १२ जनामा पोजेटिभ भेटिएको डा. जीवन तामाङले बताए ।

समस्या देखिएका बिरामीलाई आवश्यक परामर्श दिन थालिएको र स्थानीय स्तरमा उपचार हुन नसक्नेलाई जोखिमको अवस्था हेरी बाहिर पठाउन तयार भइरहेको उनले बताए । परीक्षणका लागि स्त्रीरोग विशेषज्ञ डा. पुनम लामा खटिएकी थिइन् ।​

​ग्रामीणवासीलाई लक्षित गरी सञ्चालन गरिएको अस्पतालले हालसम्म एक हजार पाँच सय भन्दाबढीलाई उपचार सेवा प्रदान गरिसकेको डा. तामाङले बताए ।

आफूलाई परेको समस्या खुलस्त रूपमा नभन्ने र लाज मानेर अस्पताल नजाने गरेको पाइएकाले महिला चिकित्सकबाटै परामर्श सहितको उपचार सेवा दिने गरिएको अस्पतालले बताएको छ ।

आफ्नो स्वास्थ्यप्रति सजक रही स्वास्थ्य संस्थामा जान सुझावसमेत दिँदै आइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्