
काठमाडौं, ४ मसिंर – सुगम संगीत गायक यम बरालको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा अभिनेत्री वर्षा राउतले अभिनय गरेकी छिन् ।
राजेन्द्र थापाका शब्द रहेको ‘बाटो मोडियो’ बोलको गीतमा आलोक श्रीको संगीत रहेको छ । गीतको भिडियोमा जीवन र वर्षा फिचरिङमा देखिएका छन् भने गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।