
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गर्नेविरुद्ध मुद्दा हालेको स्मरण गर्दै आफू सधैं स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताएका छन् ।
आफ्नो अभिव्यक्तिलाई लिएर न्यायाधीश समाजले निकालेको विज्ञप्ति सम्बन्धमा आफ्ना धारणा सार्वजनिक गर्दै त्रिपाठीले आफू सधैं न्यायिक स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन् ।
सहकारी पीडितको तर्फबाट बहस गरेका त्रिपाठीमाथि रास्वपा समर्थित व्यक्तिहरूले माघ २ गते काठमाडौं जिल्ला अदालत बाहिर आक्रमण गरेका थिए । त्यसक्रममा त्रिपाठीले न्यायाधीशविरुद्ध अभिव्यक्ति दिएको भन्दै न्यायाधीश समाजले खेद व्यक्त गरेको थियो ।
रवि लामिछानेलाई प्रतिवादी बनाइएको मुद्दामा त्रिपाठीले कास्की, काठमाडौं र रुपन्देहीमा समेत बहस गरेका थिए ।
‘कानूनको शासन, स्वतन्त्र न्यायपालिका एवं आधारभूत नागरिक अधिकारबिना पीडितहरूको अधिकार सुनिश्चित हुन सक्दैन । यसका लागि म एउटा कानून व्यवसायीका रूपमा अविचलित, अविराम एवं सम्झौताहीन संघर्ष गरिरहनेछु । यो मेरो जीवनको विनिमय गर्न नसकिने प्रतिबद्धता हो’, त्रिपाठीले विज्ञप्तिमा भनेका छन् ।
हेर्नुहोस् त्रिपाठीको प्रेसनोट :