३० जेठ २०८३, शनिबार

टाटाको ‘नेक्सन केथ्री ईभी'को बुकिङ खुला, कति पर्छ मूल्य ?

माघ २१, २०८१
काठमाडौं
टाटाको ‘नेक्सन केथ्री ईभी'को बुकिङ खुला, कति पर्छ मूल्य ?

भारतको अग्रणी विद्धुतीय  गाडी निर्माता टाटा मोटर्सले आफ्नो चर्चित नेक्सन ब्रान्डको नयाँ सँस्करण ‘नेक्सन केथ्री ईभी’को नेपाली बजारमा बुकिङ खुल्ला गरेको छ ।

टाटाको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार गैरीधारामा आयोजित एक समारोहका बीच ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक  गरेसँगै बिक्रीका लागि बुकिङ खुल्ला गरेको हो ।

कम्पनीका अनुसार, नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको यस सीयुभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी  सुविधाहरूले  सम्पन्न रहेको छ ।​

नेक्सन केथ्री ईभीको शुरूआती मूल्य ४८.९९ लाख रुपैयाँ रहेको छ। साथै, शुरूआती अफरमा ग्राहकहरूलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइनेछ ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्स बीचको सहकार्यमा पहिलोपटक विद्धुतीय गाडी  नेक्सन ईभी प्राइम २०२१ मा नेपालमा बिक्री/वितरण शुरू गरिएको थियो। यसलाई नेपाली  ग्राहकहरूले अत्यधिक रूपमा मनपराई दिनुभयो । ग्राहकहरुको त्यहीँ विश्वासलाई आत्मसाथ गर्दै हामीले नेपालको ईभी इको सिस्टममा लगानी गर्‍यौं । अहिले हामी गर्वका साथ भन्न सक्छौ कि सिप्रदीले नेपालको सबैभन्दा ठूलो ईभी इको सिस्टम, जसमा १८५  भन्दा बढी चार्जिङ स्टेसन, १६ भन्दा बढी सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ। र आजबाट बुकिङ शुरू भएको नेक्सन केथ्री ईभीको बिक्रिसँगै, बिक्रीपश्चातको सेवालाई पनि उत्तिकै ध्यान राख्ने छौं ।’

salt training

कमेन्ट गर्नुहोस्