०७ साउन २०८३, बिहीबार

कुमारी बैंकको २४औं वार्षिक साधारणसभा सम्पन्न

माघ २१, २०८१
काठमाडौं
कुमारी बैंकको २४औं वार्षिक साधारणसभा सम्पन्न

कुमारी बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सोमबार सम्पन्न साधारणसभाले बाह्य लेखापरीक्षक नियुक्ति तथा उनको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव २०८०/८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरणलगायतका प्रस्ताव साधारणसभाले पारित गरेको बैंकले जनाएको छ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ३१६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ एकाइमार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

salt training

कमेन्ट गर्नुहोस्