२२ असार २०८३, सोमबार

पञ्चमी घिमिरेको डेब्यु चलचित्र ‘पहाड’ को छायाङ्कन शुरू

माघ २३, २०८१
काठमाडौं
पञ्चमी घिमिरेको डेब्यु चलचित्र ‘पहाड’ को छायाङ्कन शुरू

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायांकन शुरू गरेका छन् । गोरखा दरबारमा पुजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खिच्दै छायाङ्कन शुरू गरिएको हो । 

निर्देशक घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्याको कथावस्तु रहेको चलचित्रको छायाङ्कन गोरखा आसपासमा २५ दिनसम्म गरिने छ । उनले भने, 'अहिलेको समाजको तीतो यथार्थलाई दर्शक समक्ष पुर्‍याउने कथा तयार भएको छ । मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको चलचित्रमा नयाँ र पुरानो दुवै पुस्तासँग काम गर्न पाउँदा उत्साहित छु । पुनः चलचित्र निर्देशनमा सक्रिय हुँदा छुटै ऊर्जा प्राप्त भएको छ ।'

चलचित्रबाट निर्देशक घिमिरेको छोरी पञ्चमी घिमिरेले अभिनयको शुरूआत गरेकी छन् । चलचित्रकर्ममा छोरीको आगमनले आफूलाई खुसी लागेको निर्देशक घिमिरेले बताए ।

'आफू भएको पेसामा सन्तान आउँदा वा विश्वास गर्दाको खुसी व्यक्त गर्न सकिँदैन । अन्य पेसा झैँ हामी चलचित्रकर्मी पनि आफ्नो सपनालाई सन्तानले अगाडि बढाएको हेर्न चाहन्छौँ,' निर्देशक घिमिरेले भने ।  

चलचित्रमा नागरिकको दायित्व र देशको आवश्यकतालाई चित्रण गरिएको छ । ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहेका छन् । चलचित्रमा विपीन कार्की, सुनिल थापालगायत कलाकारले अभिनय गर्दै छन् । यसमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्