१२ साउन २०८३, मंगलबार

प्रियंका कार्की प्रमुख भूमिकामा रहेको ‘ममी’को प्रिमियर

माघ २३, २०८१
काठमाडौं
प्रियंका कार्की प्रमुख भूमिकामा रहेको ‘ममी’को प्रिमियर

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको हरर फ्यामिली ड्रामा चलचित्र ‘ममी’को बुधबार प्रिमियर भएको छ । काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्समा चलचित्रको प्रिमियर गरिएको हो । 

चलचित्रमा प्रियंका कार्की, दीया मास्के तथा सुलक्षण भारती प्रमुख भूमिकामा छन् । सिनेमामा उनीहरूका अलवा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सो  ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् ।

सिनेमाका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
 
‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले संयुक्त रूपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी, पार्श्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाइनमा श्रवल आर पी, रंग संयोजनमा दीपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्