
एनएमबी बैंकले विद्युतीय सवारी साधनका लागि ‘एनएमबी इलेक्ट्रिक अटो लोन’ योजना शुरू गरेको छ ।
बैंकले ७ वर्षसम्मका लगि स्थिर ब्याजदरमा इलेक्ट्रिक अटो लोन कर्जा योजना शुरू गरेको हो । यस योजनाअन्तर्गत ग्राहकले खरिद गर्ने विद्यतीय गाडीमा ८० प्रतिशतसम्म कर्जा पाउन सकिन्छ ।
बैंकले यस्तो कर्जाको ब्याजदर ५ देखि ७ वर्षसम्मका लागि ८.९९ प्रतिशत प्रदान गर्ने जनाएको छ । यसका साथै, ५ वर्षसम्मका लागि भने ८.८९ प्रतिशतको ब्याजदरमा यस्तो कर्जा सुविधा लिन सकिन्छ ।
ग्राहकले खरिद गर्न चाहेको ईभीमा २० प्रतिशतको डाउन पेमेन्ट गरेर ८० प्रतिशतसम्मको कर्जा सुविधा पाउन सकिन्छ । यसका साथै ‘फ्लोटिङ (घटबढ हुने) ब्याजदरमा पनि ईभी कर्जा लिन सकिन्छ ।
पछिल्लो समय बढ्दै गइरहेको विद्युतीय सवारी साधनहरूको प्रयोगसँगै बैंकहरूले पनि ईभीतर्फ कर्जा प्रवाह बढाइरहेका छन् । तर, एनएमबी बैंकले विद्युतीय सवारी साधनहरूको प्रयोग बढ्नुभन्दा अघिदेखि नै यस क्षेत्रका लागि विशेष कर्जा योजना अघि सार्दै आएको छ । अहिले पनि बैंकले विशेष कर्जाको योजना ल्याउँदै हरित वातावरणको संरचनामा योगदान पुर्याइरहेको छ ।
सरकारले पनि ईभी गाडीहरूको प्रयोगलाई बढाउन पछिल्ला वर्षहरूमा प्रोत्साहन गर्दै आइरहेको छ । साथै, एनएमबी बैंकको इलेक्ट्रिक अटो कर्जाले विद्युतीय सवारीहरूको प्रयोगलाई प्रोत्साहन गर्दै लगिरहेको छ ।
बैंकका अनुसार २० देखि ६५ वर्ष उमेर समूहका नेपाली नागरिकहरूले यस्तो कर्जा सुविधा लिन सक्छन् । कर्जाको आवेदन अनलाईनमार्फत पनि गर्न सकिन्छ । एनएमबी बैंकको अटो लोनको प्रक्रिया डिजिटल भएकाले अनलाइनबाट आवेदन दिन सकिन्छ । जसका लागि बैंकको वेबसाइटमा गएर आफूले खरिद गर्न चाहेको ईभीको खरिदका लागि प्रक्रिया अगाडि बढाउन सकिन्छ ।
अनलाइनबाट आवेदन दिनका लागि बैंकको वेबसाइटमा रहेको ‘एनएमबी इलेक्ट्रिक अटो लोन’मा जानुपर्ने हुन्छ । उक्त साइटमा ईभी कर्जाका लागि आवश्यक सबै मापदण्ड उल्लेख गरिएको छ । सबै पढेर ‘अप्लाइ नाउ’ मा जाँदा आवश्यक विवरण भरेर कर्जाको माग गर्न सकिन्छ ।
बैंकले यसबाहेक उच्च शिक्षाका लागि पनि सुलभ ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ । विश्वको जुनसुकै राष्ट्रहरूमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूलाई पनि बैंकले शैक्षिक कर्जा प्रवाह गरिरहेको छ ।
बैंकले शतप्रतिशत शैक्षिक कर्जा प्रदान गरिरहेको छ । शैक्षिक कर्जा योजनाका लागि बैंकको वेबसाइटमार्फत सम्पूर्ण जानकारी लिन सकिन्छ ।