०८ असार २०८३, सोमबार
पर्यटन विकासको नयाँ मार्ग

'इको टुरिजम' : लुम्बिनी, चरा र पर्यटनलाई जोडिरहेका बराल

माघ २६, २०८१
बुटवल
'इको टुरिजम' : लुम्बिनी, चरा र पर्यटनलाई जोडिरहेका बराल

शान्तिभूमि लुम्बिनीस्थित ‘लुम्बिनी गार्डेन रिसोर्ट’ले आन्तरिक र बाह्य पर्यटकसँगै संरक्षणकर्मीको ध्यान खिचेको छ ।

चरामा विद्यावारिधि गर्ने पहिलो नेपाली डा. हेमसागर बरालले सञ्चालन गरेको ‘स्टार लेभल’को रिसोर्ट दश बिघा जग्गामा फैलिएको छ । 

आफ्नो ‘करियर’ नै ‘टुरिजम ट्रेड’ बाट शुरू गरेका बरालले लुम्बिनीको पर्यटनलाई चरासँग जोड्ने उद्देश्यसहित केही वर्षअघि रिसोर्ट सञ्चालनमा ल्याएका थिए । साढे तीन दशकदेखि संरक्षण क्षेत्रमा क्रियाशील बराल चरा र पर्यटनका लागि लुम्बिनीलाई उत्कृष्ट गन्तव्य देखेर पर्यटन क्षेत्रमा लगानी गरेको बताउँछन् । 

चार दशकदेखि पर्यटन व्यापारमा रमेका बरालले लुम्बिनीमा ‘इको टुरिजम’को अध्ययन गरी मध्यमस्तरका पर्यटकलाई लक्षित गरेर रिसोर्ट शुरू गरेको बताए । ‘लुम्बिनी बुद्धको जन्मस्थल हो, विश्वभरबाट यहाँ पर्यटक आउँछन् भन्ने मेरो अध्ययनले ‘रिकमेन्ड’ गर्‍यो,’ बराल भन्छन्, ‘आफैं उद्यम गर्नुपर्छ भन्ने सोचेर रिसोर्ट स्थापना गरेको हुँ । दश बिघा जग्गामा फैलिएको रिसोर्ट अहिले ‘स्टार’ स्तरमा पुगिसकेको छ ।’ 

सेवालाई नै गुणस्तर र सफलता मान्ने डा. बराल चरा र पर्यटनलाई जोडेर हेरिरहेका छन् । ‘कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र नजिकै र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि मेरा रिसोर्ट थिए,’ बराल भन्छन्, ‘तिनीहरूबाट म अहिले बाहिरिएँ । लुम्बिनीको रिसोर्ट मात्र सञ्चालन गरेको छु । राज्यले लुम्बिनीलाई प्रमोट गर्न सके ठूलो सम्भावना छ ।’ 

null

४२ वटा रूम, ठूलो ‘कन्फ्रेन्स’ हलसहितको रिसोर्टले वाइल्डलाइफ, बायो डाइभर्सिटी र इन्भायरमेन्टको ‘केयर’ गरेको छ । लुम्बिनी गार्डेन रिसोर्टमा विभिन्न प्रजातिका चरासँगै नीलगाई र बँदेललगायत वन्यजन्तु पनि आउने गर्छन् । 

वाइल्डलाइफमा एकेडेमिक एजुकेसन लिएका बरालले वन्यजन्तु र चरा क्षेत्रबारे अध्ययन गर्दा लुम्बिनीमा स्तरीय होटलमा होक्के र कृस्टल मात्र थिए ।

तिनीहरू महँगो हुँदा मध्यम स्तरका पर्यटक बस्न सक्ने अवस्था थिएन । अर्काथरि होटल असाध्यै तल्लो स्तरका, कमजोर र फोहोरी थिए । सय रुपैयाँमा रूम पाइने र लामखुट्टेले टोकेर रातभर सुत्न नसकिने अवस्था थियो । ‘वर्ल्ड हेरिटेज साइड’ भइसकेको लुम्बिनीमा बलियो सम्भावना देखेपछि आफूले मध्यम स्तरको होटल सञ्चालन गर्ने योजना अघि सारेको बरालले खुलाए । 

null

रिसोर्टबाट लुम्बिनी र चरा पर्यटन जोड्न सकिने बलियो सम्भावना बरालले देखेका छन् । लुम्बिनीवरपरको कृषिजन्य क्षेत्र चराका लागि फेमस छ ।

ताल तलैयाहरू जगदीपर ताल, रामसार साइड पनि छन्। लुम्बिनीमा सारस, ठूला–ठूला गरुड, संकटमा रहेका गिद्धका प्रजाति पनि पाइन्छ । ‘लुम्बिनी राष्ट्रिय निकुञ्ज त होइन,’ बराल भन्छन्, ‘तर, लुम्बिनीमा चरा पर्यटन भइरहेको छ, सम्भावना बलियो छ । हाम्रो रिसोर्टमा पनि वर्षको दशभन्दा बढी ग्रुप चरा हेर्न र अध्ययन गर्न आउने गर्छन् ।’ 

null

लुम्बिनीमा चरामा पहिलो सारस हो । गरुडको विभिन्न प्रजाति, पानी हाँस र गिद्धका नेपालमा पाइने ९ प्रजातिमध्ये लुम्बिनी क्षेत्रमा ८ प्रजाति पाइन्छन् ।

संकटापन्न गिद्धहरू हेर्न पनि लुम्बिनी क्षेत्र आउनुपर्ने उनको भनाइ छ । लुम्बिनीमा चरासँगै नीलगाई स्याल, बिरालो, खरायो, फ्याउरो, अन्य स–साना जनावर पनि पाइने गर्छन् । ‘लुम्बिनी ‘वाइल्डलाइफ’को हिसाबले पनि राम्रो छ, हामीले भनेको कुरा सरकारले हेरेर काम गर्ने हो भने पर्यटन र चरालाई लुम्बिनीसँग जोड्न सजिलै सकिन्छ,’ बराल भन्छन्, ‘कोशीटप्पु र चितवन जोड्न काम गर्न सकिने प्रशस्त सम्भावना छन् ।’  

null

लुम्बिनीमा पर्यटकको आगमन अहिले सन्तोषजनक छ । सन् २०२५ को जनवरीमा मात्रै लुम्बिनीमा १ लाख हजार पर्यटक भित्रिएका छन् । सन् २०२४ मा लुम्बिनीमा १२ लाख पर्यटकको आगमन भएको थियो । 

बुटवल–नारायणगढ सडक र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालनमा आउन सकेमा लुम्बिनीमा पर्यटकको राम्रो ‘फ्लो’ हुने पर्यटन व्यवसायीले आशा लिएको बराल बताए ।

नेपाल टुरिजम बोर्डले पर्यटकको मार्केटिङ गर्न जानेको छैन । त्यस्तै, लुम्बिनी विकास कोषले पनि पर्यटनको क्षेत्रमा राम्रो व्यवस्थापन गर्न सकेको छैन । बुद्धको जन्मस्थलमा पसेपछि शान्तिभूमि मन्दिरभित्र पस्दाखेरी आनन्दको वातावरण बनेको पर्यटकले आभाष गर्न नसकेको बराल बताउँछन् । 

null

लुम्बिनी क्षेत्रका ठूलो उद्योगले उत्सर्जन गर्ने निकास वातावरणमा फाल्दा पानी र वातावरणमा ठूलो प्रदूषण बढेको छ, यसले जैविक विविधतामा ह्रास ल्याएको छ ।

लुम्बिनीको ‘कनेक्टिभिटी’ राम्रो बनाउने, पर्यटकलाई सहज, होटलको वातावरण राम्रो र लुम्बिनी विकास कोषभित्र शान्तिप्रिय वातावरण हुनुपर्ने उनी देख्छन् ।

'अहिले मन्दिरभित्र पनि भीडभाडले गर्दा शान्ति छैन । टुरिजम बोर्डले पर्यटन प्रवर्द्धन गर्नुपर्‍यो । लुम्बिनी विकास कोषले पनि विभिन्न कार्यक्रमहरू गरिराखेर बुद्धिस्ट एरियामा धर्मगुरु ल्याएर अन्तर्राष्ट्रिय हलमा प्रवचन गराइराख्ने गरेपछि बुद्ध धर्मका अनुयायीहरू पनि लुम्बिनी आउने क्रम बढ्नेछ । धर्मावलम्बी आएपछि वरपरका सबै क्षेत्र चलायमान हुन्छ ।'

उनले थपे, 'लुम्बिनीमा नियमित इभेन्ट गरिराख्न आवश्यक छ । धार्मिक योगा, कन्सर्ट गरिराख्नुपर्छ । महिनामा ४ वटा इभेन्ट भइराखेमा वर्षमा १२ वटा हुन्छन् । खर्च धेरै पनि लाग्दैन । भौतिक पूर्वाधार छँदैछ । त्यो भए लुम्बिनीमा पर्यटकको दगुरादगुर अवश्य हुन्छ । होटलहरू भरिभराउ हुन्छन् । भारतका कलाकार तथा ठूला गुरुहरू ल्याउने हो भने लुम्बिनीको इकोनोमी मूभ हुनेछ । हुँदै नभएको भन्न चाहिँ खोजेको होइन ।’

null

अहिले लुम्बिनीमा भइरहेका इभेन्टहरू विकास कोषले नभई अन्य संघ–संस्थाले गरेका छन् । विकास कोषले आफूले पनि गर्ने अरूसँग मिलेर पनि गर्नुपर्ने उनको सुझाव छ ।

‘लुम्बिनीमा अब बिल्डिङ बनाउनु हुन्न,' उनी भन्छन्, ‘धेरै बिल्डिङ आवश्यक छैन । लुम्बिनी सांस्कृतिक नगरपालिकासहित वरपरका स्थानीय तहले आफ्नो जग्गा पत्ता लगाएर तलाउ, पोखरी बनाउने, वन र उद्यान बनाउने काम गर्न सकेका त्यहाँको जीवनस्तर पनि राम्रो हुने थियो, हावा स्वस्थ र पानी पिउन योग्य हुनेथियो,' उनले भने ।

पूर्वको सुनसरीमा जन्मिएका बरालले आफ्नो उच्च शिक्षा काठमाडौंबाट पूरा गरेका हुन् ।

आइएस्सी, बीएस्सी र एमएस्सी जियोलोजी (जनावर)मा गरे । चरामा नेपालमा पहिलो पीएचडी आम्साराम विश्वविद्यालय युरोपबाट पूरा गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्