२७ असार २०८३, शनिबार

संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को पेशी फागुन २१ गते

माघ ३०, २०८१
काठमाडौं
संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को पेशी फागुन २१ गते

विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरू भएको छ ।

रिटमा बुधबार निवेदक ओमप्रकाश अर्यालले बहस गरेका छन् । 

निवेदक अर्यालका तर्फबाट वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बहस शुरू गरेका छन् । तर बहस नसकिएपछि उनले अर्को दिन बहस सकाउने छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार बुधबारको बहस सकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । अर्को पेशी फागुन २१ गतेका लागि तोकिएको उनले जानकारी दिए ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित ५ जना न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा रिटको सुनुवाइ शुरू भएको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी छन् । 

संवैधानिक इजलासमा पटक-पटक पेशी तोकिएर स्थगित भएको रिटमाथि चार वर्षपछि सुनुवाइ शुरू भएको हो । बुधबार इजलासमा प्रधानन्यायाधीश राउतले आजै सुनुवाइ शुरू गर्ने बताएका थिए ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ पुसमा संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो ।

संसदीय सुनुवाइ प्रक्रिया छलेर पदाधिकारी नियुक्त गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायत, अधिवक्ता कृतिनाथ शर्मा पौडेलले छुट्टाछुट्टै रिट दर्ता गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्