
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
सहकारी ठगी प्रकरणमा धरौटीमा छाडेको अदालतले लामिछानेलाई मंगलबार पहिलो तारेख दिएको थियो । उनी तारेख बुझ्न अदालत पुगेका हुन् । तारेख बुझेर उनी फर्किसकेका छन् ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम गोर्खा मिडियामा लिएर अपचलन गरेको मुद्दामा लामिछानेसँग काठमाडौं जिल्ला अदालतले माग २ गते ६० लाख रूपैयाँ धरौटी मागेको थियो । उनले त्यसैदिन धरौटी बुझाएका थिए ।
त्यसअघि कास्की जिल्ला अदालतले लामिछानेसँग ६५ लाख धरौटी मागेको थियो । काठमाडौंपछि रुपन्देही जिल्ला अदालतले एक करोड र चितवन जिल्ला अदालतले ५४ लाख धरौटी मागेको थियो ।