२० असार २०८३, शनिबार

मनकामना हार्डवेयरको नयाँ शाखा सतुङ्गलमा

फागुन ७, २०८१
काठमाडौं
मनकामना हार्डवेयरको नयाँ शाखा सतुङ्गलमा

​​मनकामना हार्डवेयर एन्ड सप्लायर्स प्रालिले सतुङ्गलमा नयाँ शाखा विस्तार गरेको छ ।​​​​

शंकर ग्रुप नेपालका अध्यक्ष शंकरलाल अग्रवालले​ बुधबार सतुङ्गलस्थित नयाँ शाखाको उद्‌घाटन गरेका हुन् ।​​​​​

उद्‌घाटन कार्यक्रममा निर्माण सामग्री उत्पादन गर्ने प्राय सबै उद्योगका प्रमुख वा प्रतिनिधिहरू र निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।​​​​​​

कार्यक्रममा मनकामना हार्डवेयर तथा सप्लायर्सका सञ्चालक रामप्रसाद झाङ र सज्जन अग्रवालले नेपालको उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानपत्रका साथमा अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा अम्बे स्टिल्स प्रालि, अम्बे सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बृज सिमेन्ट, अशोक स्टिल्स इन्डस्ट्रिज, नारायणी स्टिल्स, राजेश हार्डवेयर, गोयल स्टिल्स, ह्वासीन सिमेन्ट, होङ्सी सिमेन्ट, हुलास स्टिल्स, हुलास वायर इन्डस्ट्रिज, जगदम्बा प्लास्टिक, जगदम्बा इन्टरप्राइजेज, स्वस्तिक रोलिङ मिल्स प्रालि, हुलास आइरन, मारूती सिमेन्ट, सिद्धि लक्ष्मी स्टिल्स प्रालि, राजेश मेटल क्राफ्ट, पाल्पा सिमेन्ट, लक्ष्मी स्टिल, सर्वोत्तम सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट, शिवम् सिमेन्ट, प्रिमियम स्टिल , गोयंका स्टिल, युनाइटेड सिमेन्ट लगायतका अन्य विभिन्न  उद्योगका प्रमुख र प्रतिनिधिहरू तथा निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

null

मुख्य कार्यालय बनेपा रहेको मनकामना हार्डवेयर एन्ड सप्लायर्स प्रालिले बनेपा, भकुण्डे, सिन्धुली, बर्दिबास, नारायणगढ र थली काठमाडौंबाट आफ्नो व्यवसाय गर्दै आएको छ । आजबाट काठमाडौंको थली र सतुङ्गल गरी दुई वटा शाखाबाट व्यवसाय शुरू भएको छ ।

मनकामना हार्डवेयरका सञ्चालक रामप्रसाद झाङले काठमाडौं, भक्तपुर, धादिङ, नुवाकोटका हार्डवेयर तथा निर्माण व्यवसायीलाई सुलभ र सहजताका लागि सतुङ्गल शाखा शुरू गरिएको बताए ।

सञ्चालक सज्जनकुमार अग्रवालले सतुङ्गल शाखा विस्तारले काठमाडौं आसपासका ग्राहकलाई सहज हुने बताए ।

‘अहिले बागमती, मधेश तथा गण्डकीमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा देशैभरि सेवा दिँदै आएका छौं । अब देशका पूर्व र पश्चिमका अन्य शहरहरूमा पनि शाखा विस्तार गर्दै जानेछौं,' उनले भने ।

कार्यक्रममा सतुङ्गल शाखाका प्रमुख रोशन पाठकले नयाँ शाखालाई माया गरेर सेवा गर्ने अवसर दिन सम्पूर्ण निर्माणसँग सम्बन्धित उद्यमी र व्यवसायीहरूलाई आग्रह गरे ।

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्