२८ जेठ २०८३, बिहीबार

हाँडीगाउँका विभिन्न रुटमा ‘वानवे’, थाहा नपाए परिएला जरिवाना !

फागुन ७, २०८१
काठमाडौं
हाँडीगाउँका विभिन्न रुटमा ‘वानवे’,  थाहा नपाए परिएला जरिवाना !

हाँडीगाउँका विभिन्न रुटमा काठमाडौं महानगरपालिकाले बुधबारदेखि एकतर्फी प्रणाली लागू गरेको छ । 

पुस ५ गते बसेको महानगरको भवन व्यवस्था समितिको बैठकले फागुन ७ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको थियो । शुरूआती दिनमा चालकहरू रुटको बारेमा अलमलमा पर्ने भएकाले नगर प्रहरी परिचालन गरि ट्राफिक डाइभर्ट गर्ने काम भइरहेको छ ।

बुधबारदेखि काठमाडौं महानगरपालिका-५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग-हाँडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाइने भएको छ । 

विशालनगरतर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकालतर्फ मात्र प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको छ ।

हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्गतर्फबाट जान मिल्ने बनाइएको छ भने नक्साल भाटभटेनीतर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने गरि ठाउँ-ठाउँमा ‘वानवे’को बोर्ड राखिएको छ ।​

ढुंगेधाराबाट हात्ती महांकालतर्फ पनि प्रवेश निषेध गर्नुका साथै वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध बनाइएको छ । बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिरतर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्