
ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ ।
आइतबार बिहान पूजा कोठामा दियो जलाउँदा सल्किएको आगोले ठूलो रूप लिएको हो । ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख, सीताराम हाछेथुका अनुसार आगलागीबाट माथिल्लो तलामा पूर्ण रूपमा क्षति भएको छ ।
ललितपुर महानगरको दमकल लगायतको सहयोगमा आगो पूर्ण नियन्त्रणमा आइसकेको हाछेथुले जानकारी दिए ।