![राजतन्त्रको पक्षमा काठमाडौंमा राप्रपाको मोटरसाइकल र्याली [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Raprapa_protest__Motercycle_Rally_1_646d9EERpx.jpeg)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ । राजतन्त्रको पक्षमा राप्रपाले बबरमहलदेखि नारायणहिटीसम्म मोटरसाइकल र्याली गरेको हो ।
बबरमहलबाट शुरू भएको र्याली त्रिपुरेश्वर हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयसम्म अघिसम्म पुगेको थियो ।
र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद विक्रम पाण्डेलगायतका नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।
र्यालीमा सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलको तस्वीर अंकित टिसर्ट लगाएका थिए भने श्रीपेचसहितको ज्ञानेन्द्रको तस्वीर बोकेका थिए । जहाँ- राजा सबैको साझा लेखिएको छ ।














