
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको वीमेन्स फोरमले नारी दिवस सम्बन्धी कार्यक्रम गरेको छ ।
हरेक वर्ष मार्च ८ गतेका दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी कम्पनीको प्रधान कार्यालय, थापाथलीमा ‘रचनात्मक साहित्यिक प्रतियोगिता’ गरेको छ । जहाँ अतिथि वक्ताका रूपमा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक दीपा दाहाल थिइन् ।
कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा ११ जना सदस्यसहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयमाथि छलफल गर्ने र समस्या देखिएमा समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले यो फोरम गठन गरिएको हो ।
कार्यक्रमको अतिथि वक्ता दाहालले वित्तीय उद्योगमा महिलाको भूमिकाको बारेमा आफ्नो अनुभव साझा गर्दै, उनीहरूको योगदान, चुनौती र अगाडिको बाटोमा प्रकाश पारिन् । उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाइनमार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई केही तथ्यांकमा प्रकाश पारी महिला सशक्तिकरणका लागि महिला आफैंले नै पहल गर्नुपर्ने र पुरुषले पनि साथ दिनुपर्ने कुरामा जोड दिइएको छ ।
सिटिजन विमेन्स फोरमले नारी दिवसको अवसरमा कम्पनीका सम्पूर्ण कर्मचारीबीच रचनात्मक साहित्यिक प्रतियोगिता आयोजना गरेको हो । सो प्रतियोगितामा प्रतिस्पर्धा जनाएका सम्पूर्ण कर्मचारीमध्येबाट उत्कृष्ट ५ जनालाई कार्यक्रममा आफ्नो रचना प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो । प्रस्तुतिपश्चात चुनिएका पहिलो, दोश्रो र तेश्रो कर्मचारीलाई कम्पनीको व्यवस्थापन टिमले पुरस्कृत गरेको छ ।
फोरमको संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाको भूमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउँदै फोरमले आउने समयमा यस्तै शैक्षिक कार्यक्रम सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरूप विभिन्न कार्य गर्ने बताइन् ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्रथमिकता रहेको जनाउँदै कार्यक्रम समापन भएको घोषणा गरे ।
यस वीमेन्स फोरमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीलाई सशक्तिकरण गर्नुका साथै महिला लगायत सबैका लागि उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समन्वय गर्ने र सो को सहजता लागि विभिन्न कार्यक्रम सञ्चालन गरी मद्दत गर्ने, कार्यालयमा लैङ्गिक समानता कायम राख्न समन्वय गर्नु रहेको छ ।