०३ साउन २०८३, आइतबार

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

फागुन २४, २०८१
काठमाडौं
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ । 

बैंकको केन्द्रीय कार्यालयमा वाकाथनको शुरूआत गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले दिवसको अवसरमा महिलाहरूलाई शुभकामना दिँदै बैंकले महिलालाई प्राथमिकता दिएको बताए । 

उनले बैंकका विभिन्न विभागमा महिलाले नेतृत्व गरिरहेको उल्लेख गर्दै बैंकको विकासमा महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले आज मात्रै नभई मार्च महिनाभरी नै विभिन्न कार्यक्रम गरी महिला दिवस मनाउन गइरहेको जानकारी दिए । 

null

‘महिलाहरू पनि नेतृत्वका लागि अगाडि आउन जरुरी छ । त्यसका लागि बैंक विभिन्न क्षेत्रमा अवसर उपलब्ध गराउनका लागि सदैव तयार छ’, उनले भने । 

बैंकका अनुसार दिवसका अवसरमा विभिन्न १२ स्थानबाट एकैसाथ वाकाथन शुरू गरिएको थियो । काठमाडौं, विराटनगर, बिर्तामोड, जनकपुर, विरगन्ज, पोखरा, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी, बुटवल र नारायणगढमा भएको वाकाथनमा बैंकमा कार्यरत १२ सयभन्दा बढी कर्मचारीको सहभागिता थियो । 

उक्त कार्यक्रमले लैंगिक समानताका पक्षमा सन्देश प्रवाह गर्दै समावेशी समाज निर्माणका लागि सकारात्मक परिवर्तन ल्याउनेमा बैंकले विश्वास व्यक्त गरेको छ ।

पुरुषहरूको सहभागितासँगै हिँड्नु मात्रै नभई समाजमा व्याप्त पुरानो सोच र विभेदको अन्त्यका लागि पनि जरुरी रहेको वाकाथनमा सहभागीहरूले बताए ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटीएममार्फत् सेवा प्रदान गर्दै आएको छ । 

null

नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको शुरूआत गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्