०७ साउन २०८३, बिहीबार

एक करोड धरौटी लिने रुपन्देही अदालतको आदेशविरुद्ध उच्च पुगे रवि

फागुन २६, २०८१
काठमाडौं
एक करोड धरौटी लिने रुपन्देही अदालतको आदेशविरुद्ध उच्च पुगे रवि
तस्वीर : मिलन लिम्बूको फेसबुकबाट ।

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।

सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी लिने आदेश गरेपछि लामिछाने त्यसविरुद्ध उच्च अदालत गुहार्न पुगेका हुन् ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग एक करोड रूपैयाँ धरौटी लिन आदेश दिएको थियो । उनले अदालतले मागेको धरौटी सोही दिन बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन् । 

लामिछानेले सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा जिल्लाको उक्त आदेश बदरको माग गर्दै निवेदन दर्ता गराएका उनको सचिवालयले जनाएको छ ।

‘फौजदारी कार्यविधिसंहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा आज निवेदन दर्ता गराउनु भएको हो’, उनको सचिवालयले जारी गरेको सूचना भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्