
रोयल इनफिल्ड नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिद्वारा आयोजित पहिलो संस्करणको ‘मेगा सर्भिस क्याम्प २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त क्याम्प रोयल इनफिल्डको सर्भिस सेन्टर बलकुमारी, ललितपुरमा मार्च ७ देखि मार्च ९ (फागुन २३–२५) सम्म आयोजना गरिएको थियो ।
कार्यक्रमको औपचारिक उद्घाटन अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको यो क्याम्प रोयल इनफिल्ड राइडर एवं ग्राहकका लागि विशेष सेवा अफर, हेल्मेट सेफ्टीका बारेमा जानकारी, विशेषज्ञहरूसँग अन्तरक्रिया र मनोरञ्जनात्मक गतिविधिसहित आयोजना गरिएको थियो ।
यस क्याम्पमा ग्राहकका लागि विभिन्न विशेष सर्भिस अफर उपलब्ध गराइएको थियो । स्पेयर पार्टस्, लुब्रिकेन्ट र श्रम शुल्कमा १० प्रतिशत छुटको पनि व्यवस्था गरिएको थियो । त्यसैगरी, सहभागीहरूले ग्यारेन्टी उपहार, विशेष सर्भिसिङ छुट, लक्कि ड्र उपहार, रमाइला खेल, विशेषज्ञसँग अन्तरक्रिया, छिटो मर्मत सेवा, फ्रि वास, बाइक एक्सचेन्ज सुविधा, बाइक फाइनान्स सुविधा र रोयल इनफिल्ड राइडरहरूका लागि दिवा खनाको समेत व्यवस्था गरिएको थियो ।
यस क्याम्पमा तीन दिनको अवधिमा झण्डै २,००० जना सहभागी भए भने ५०० भन्दा बढी बाइकको सर्भिसिङ गरिएको थियो । महिला राइडर तथा पुराना ग्राहकले समेत कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए ।
अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले भने, ‘यस प्रकारको कार्यक्रमले ग्राहक र कम्पनीबीचको सम्बन्ध अझ मजबुत बनाउँछ । यसले ग्राहकहरूलाई सिधै कम्पनीका अधिकारीहरूसँग अन्तरक्रिया गर्न अवसर प्रदान गर्छ।’
सर्भिस क्याम्पमा सहभागी ग्राहक प्रज्वल नेपालले भने, ‘मैले फेसबुकमा यो कार्यक्रमको प्रचार देखेपछि सहभागी हुने निर्णय गरेँ। बाइकको सर्भिस गराएँ, विशेषज्ञ प्रविधिज्ञहरूसँग अन्तरक्रिया गर्ने अवसर पाएँ, साथै बाइकका पार्टस् र मर्मत सम्बन्धी नयाँ कुरा सिक्न पाएँ । यो राम्रो अनुभव रह्यो, धन्यवाद रोयल इनफिल्ड नेपाल!’
प्रत्येक वर्ष नेपालभरीनै, मेगा सर्भिस क्याम्प आयोजना गर्ने घोषणा गरीएको छ । आगामी वर्षहरूमा अझ स्तरीय सेवा र ग्राहक संलग्नता प्रदान गरिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।