२८ जेठ २०८३, बिहीबार

भविष्यमुखि ईभी प्रविधिमा डीपलको सफलता

फागुन २७, २०८१
काठमाडौं
भविष्यमुखि ईभी प्रविधिमा डीपलको सफलता

एमएडब्लूको प्रमुख विद्युतीय सवारी साधन ब्रान्ड साझेदारको रूपमा डीपलले नेपालमा नयाँ-नयाँ प्रविधि र नवीनता भित्र्याएर बजारमा तरंग ल्याएको छ। 

आफ्नो मूल कम्पनी चांगनको समर्थनका साथ दिगोपन, दक्षता र विश्वसनीयतामार्फत् ईभी बजारलाई बदल्न डीपल तयार रहेको बताएको छ।

डीपलको मूल कम्पनी चांगन अटोमोटिभ संसारको सबैभन्दा प्रतिष्ठित कम्पनीहरू मध्ये एक हो। १६३ वर्षभन्दा लामो समयदेखि कार निर्माताको रूपमा स्थापित चांगन चीनकै सबैभन्दा पुरानो अटोमेकर कम्पनी हो। 

विश्वव्यापी रूपमा २.६ करोड कार बिक्रीको असाधारण रेकर्ड बनाउन सफल यसको बिक्रीमध्ये लगभग १६ लाखको संख्या नयाँ ऊर्जा सवारी साधनहरूको रहेको छ। उत्कृष्टताको यस विरासतकै कारण चांगनले चीनको अटोमोटिभ क्षेत्रमा दोस्रो स्थान ओगटेको छ, जसलाई आज विश्वभरका लाखौं उपभोक्ताले विश्वास गर्दछन्।

चांगनको सफलताको सूत्र भनेको गुणस्तरप्रति उनीहरूको प्रतिबद्धता हो। लगातार ६ वर्षसम्म जेडी पावर गुणस्तर अध्ययनमा शीर्ष स्थान कायम राखेको चांगनले उच्च-गुणस्तर र भरपर्दो सवारी साधन उत्पादकको परिचय बनाएको छ। यस मान्यताका कारण ग्राहकलाई सुरक्षा, स्थायित्व र ग्राहक सन्तुष्टिको सन्दर्भमा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्ने कम्पनीले जनाएको छ । 

आफ्नो बलियो बजार उपस्थितिको अलावा चांगनले अनुसन्धान र विकास (R&D) का क्षेत्रमा पनि मान्यता प्राप्त गरेको छ। चिनियाँ अटोमोटिभ निर्मातामध्ये चांगनले विगत १४ वर्षदेखि अनुसन्धान र विकास खर्च गर्ने सबैभन्दा ठूलो कम्पनीको हैसियत बनाएको छ। 

१७,००० भन्दा बढी अनुसन्धान र विकास कर्मचारीसहित चांगनले विद्युतीय सवारी साधनको समग्र कार्यसम्पादन सुधार गर्न र ड्राइभिङ अनुभव वृद्धि गर्न नौला प्रविधि र आविष्कारको क्षेत्रमा निरन्तर काम गरिरहेको छ।

विशेष गरी चांगनको महत्व यसका हजारौंमा पुग्ने पेटेन्टहरूको आकर्षक संख्यामा पनि देख्न सकिन्छ। हाल चांगनसँग १०,३०० भन्दा बढी पेटेन्टहरू रहेका छन् भने वर्षभरि हरेक दिन औसतमा १८ वटा पेटेन्टहरू संकलन गर्ने गरिन्छ। यसले ईभी प्रविधिमा रहेको सम्भावनालाई फराकिलो बनाउँदै अटोमोटिभ उद्योगमा चांगनको स्थान सधैं अगाडि राख्दछ।

यसका अतिरिक्त प्रविधि विकासमा थप विश्वव्यापी दृष्टिकोणका लागि चांगनको ६ फरक देशमा अनुसन्धान र विकास केन्द्रहरू रहेका छन्। ८०० भन्दा बढी डिजाइनरहरूको अन्तर्राष्ट्रिय समूह र इटालीको टुरिनमा मुख्यालय भएको चांगनले विश्वभरका उत्कृष्ट डिजाइन र इन्जिनियरिङ क्षमताहरू प्रयोग गर्न खोजेको छ। यसले अन्तर्राष्ट्रिय मापदण्डसहितका स्टाइलिस, कुशल र हाइ-पर्फर्मेन्स सवारी साधन विकास गर्न विभिन्न सांस्कृतिक सोच र दृष्टिकोणलाई एकीकृत गर्न सघाउँछ।

एक उल्लेखनीय उदाहरणका रुपमा दुई टनको एसयूभी चेसिस प्लेटफर्ममा निर्मित नेपालको ट्रान्सफर्मर एसयूभी डीपल ई०७ (E07)लाई लिन सकिन्छ । जसले लक्जरीलाई इन्टेलिजेन्ट एड्याप्टिबिलिटीसँग सजिलैसँग जोड्दछ। यसमा एसयूभीको भित्री भागलाई फ्ल्याटबेड पिकअपमा रूपान्तरण गर्ने  एक अद्वितीय रियर प्यानल प्रणाली छ जसले ६५५ किलोग्रामको पे लोड र ५१२ लिटरको कार्गो स्पेस प्रदान गर्दछ। 

E07 लाई या त सिंगल मोटर वा अल-व्हील ड्राइभ मोटरद्वारा ड्राइभट्रेन फर्मको आधारमा पावर गर्न सकिन्छ जहाँ ८९.९८ kWh को सिंगल ब्याट्री प्याकले १९० kW वा ४४० kW पावर प्रदान गर्दछ। र, बदलामा यसले ५६६ किलोमिटर रेन्ज (WLTP) र र्‍यापिड फास्ट चार्जिङ दिन्छ।

जिरो ग्र्याभिटी सिटहरू, ए-ड्याश सुविधाहरू, २८.८६-इन्च हुड र ५४०-डिग्री क्यामेराले एसयूभीभित्र आराम र सुरक्षा बढाउँछ। एसयूभीमा ६०० मिमीको वाटर-वेडिङ क्षमता, अनुकूलन सस्पेन्सन र १८-स्पीकर अडियो प्रणाली छ। यसरी E07 ले प्रिमियम प्रविधि, अफ-रोड ड्युरेबिलिटी र भर्साटायल डिजाइनको साथ ड्राइभिङलाई पुन: परिभाषित गर्दछ।

डीपललाई आफ्नो ईभी ब्रान्डको रूपमा प्रस्तुत गरेर चांगनले आफ्नो उन्नत प्रविधि र अनुसन्धान क्षमताहरू अब नेपालमा पनि उपलब्ध गराएको छ। एमएडब्लूसँगको साझेदारीमा यसले गुणस्तर, सुरक्षा र दिगोपनलाई प्राथमिकतामा राख्दै नेपालमा विश्वस्तरीय विद्युतीय सवारी साधनहरूमा पहुँच प्रदान गर्नेछ। 

संसार ग्रीन मोबिलिटीतर्फ अग्रसर हुँदै जाँदा डीपल र चांगनले पनि योगदान दिन्छन्, फरक यति हो कि यिनीहरूले यसलाई पहिलेभन्दा अझै पहुँचयोग्य र किफायती बनाउने छन्।
 

salt training

कमेन्ट गर्नुहोस्