२९ जेठ २०८३, शुक्रबार

अर्घाखाँचीमा जन्ती बोकेको गाडी दुर्घटना, ९ जना घाइते

फागुन २८, २०८१
बुटवल
अर्घाखाँचीमा जन्ती बोकेको गाडी दुर्घटना, ९ जना घाइते
तस्वीर : बसन्त श्रेष्ठको फेसबुकबाट ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३, अर्चलेनेतामा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । 

बुधबार विद्युतीय गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार अर्घाखाँचीदेखि बुटवलतर्फ जन्ती लिएर आउँदै गरेको ईभी गाडी दुर्घटनामा परेको हो । 

प्रहरीका अनुसार लुम्बिनी प्रदेश ०१–००१ ज ०१४० नम्बरको हाइस छत्रदेव गाउँपालिका–३, अर्चलेनेताको कच्ची सडक खण्डमा बिहान करिब साढे ८ बजेतिर दुर्घटनामा परेको हो । 

दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी थप उपचारका लागि बुटवल ल्याइएको प्रहरीले जनाएको छ । गाडीमा सवार १२ जना मध्ये ४ जनाको अवस्था सामान्य रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्