२९ असार २०८३, सोमबार

सिप्रदी ट्रेडिङले मनायो नेपालमा टाटा एस ईभीको १०० प्लस युनिट बिक्री उत्सव

फागुन २८, २०८१
काठमाडौं
सिप्रदी ट्रेडिङले मनायो नेपालमा टाटा एस ईभीको १०० प्लस युनिट बिक्री उत्सव

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा एस ईभीको १००+ युनिट बिक्री तथा १०+ लाख किलोमिटरको निर्वाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको भन्दै उत्सव  मनाएको छ।

यो विशेष समारोह सिप्रदी ट्रेडिङको शो–रूम गैरीधारामा सम्पन्न भएको हो । जसमा केही विशिष्ट ग्राहकहरूको उपस्थिति रहेको थियो। नेपालका साना तथा मध्यम उद्यम (MSME) र कर्पोरेट व्यवसायहरूका लागि टाटा एस ईभी (TATA ACE EV)ले नयाँ सम्भावनाहरू प्रस्तुत गरेको छ। 

हालसम्म १०० प्रतिशत ब्याट्री हेल्थ, न्यूनतम डाउनटाइम र दोहोरिएर गाडी खरिद गर्ने ग्राहकहरूको वृद्धिले टाटा एस ईभीलाई काठमाडौं, पोखरा, बुटवल, चितवन र इटहरीका व्यवसायीहरूको लागि भरपर्दो विकल्प बनेको कम्पनीले जनाएको छ । टाटा मोटर्सको उत्कृष्ट इन्जिनियरिङ र सिप्रदी ट्रेडिङको सेवा प्रणालीले नेपालमा  विद्युतीय यातायात क्रान्ति ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरिएको छ ।

कार्यक्रममा टाटा मोटर्सका सीभीआईबी हेड असिफ शमीम तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । उनीहरूले टाटा एस ईभीको सफलतासँगै विद्युतीय व्यावसायिक सवारी साधनप्रतिको विश्वासबारे आफ्ना विचार व्यक्त गरे। साथै, विद्युतीय सवारीको प्रयोगले व्यवसायमा ल्याएको सकारात्मक प्रभावबारे ग्राहकहरूले आफ्ना अनुभव पनि बाँडे ।

कार्यक्रममा टाटा मोटर्सका असिफ शमीमले भने, ‘टाटा एस ईभीप्रति ग्राहकहरूले देखाएको विश्वास हाम्रो दिगो तथा भरपर्दो यातायात समाधानप्रतिको प्रतिबद्धताको प्रमाण हो।’

त्यसैगरी, सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठले भने, ‘सिप्रदी ट्रेडिङ सधैं नवीनता र दिगोपनको प्रवर्द्धनमा अगाडि छ। टाटा एस ईभीको सफलताले नेपालमा हरित यातायातप्रति बढ्दो रुचि देखाएको छ । र, हामी यस यात्रामा गर्वका साथ सहभागी छौं।’

शून्य उत्सर्जन प्रविधि, कम सञ्चालन खर्च र भरपर्दो बिक्रीपछिको सेवाका कारण टाटा एस ईभी व्यावसायिक सवारी साधनको क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दैछ। सिप्रदी ट्रेडिङले यस उपलब्धिका साथ भविष्यका लागि दिगो, कुशल र उन्नत यातायात समाधान उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्