१६ असार २०८३, मंगलबार
ट्राफिक व्यवस्थापनमा कडाइ

काठमाडौंका १७६ ठाउँमा ट्राफिक चेकिङ : बिहानैदेखि मापसे र लापसे जाँच [तस्वीरहरू]

नियम तोडे दिनभर सवारीसाधन 'होल्ड' गरिने
फागुन २९, २०८१
काठमाडौं
काठमाडौंका १७६ ठाउँमा ट्राफिक चेकिङ : बिहानैदेखि मापसे र लापसे जाँच [तस्वीरहरू]

काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा बिहानेदेखि कडाइ गरिएको छ । होलीको बहानामा मादक र लागुपदार्थ सेवनगरी सवारी साधनमा चलाउने क्रमलाई नियन्त्रण गर्न उपत्यकाका विभिन्न ठाउँमा आज बिहानैदेखि कडाइका जाँच गर्न थालिएको हो । 

null

ट्राफिक प्रहरीका अनुसार बिहानैदेखि उपत्यकाका १७६ ठाउँमा जाँच भैरहेको छ । मादक पदार्थ सेवन गरेको र लागुपदार्थ सेवन गरेको चेकजाँच गरिरहेको प्रहरीले जनाएको छ । 

उपत्यकाका ६१ ठाउँमा डेडिकेटेड चेकपोइन्ट, ९६ ठाउँमा पिकेट र १९ ठाउँमा होली विशेष जाँच भैरहेको छ ।

null

होली विशेष सुरक्षा योजनाअन्तर्गत जनपथ, ट्राफिक र सादा पोशाकमा गरी कूल १७ सय ७ सुरक्षाकर्मी परिचालन गरिएको छ । 

कसैले मापसे/लापसे गरेको पाइए वा नियम उल्लंघन गरे दिनभरी सवारीसाधन होल्ड गर्नुका साथै कारबाही पनि गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

​​null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्