![काठमाडौंका १७६ ठाउँमा ट्राफिक चेकिङ : बिहानैदेखि मापसे र लापसे जाँच [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Holi_traffic_checking_3_lnLx722rOI.jpeg)
काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा बिहानेदेखि कडाइ गरिएको छ । होलीको बहानामा मादक र लागुपदार्थ सेवनगरी सवारी साधनमा चलाउने क्रमलाई नियन्त्रण गर्न उपत्यकाका विभिन्न ठाउँमा आज बिहानैदेखि कडाइका जाँच गर्न थालिएको हो ।

ट्राफिक प्रहरीका अनुसार बिहानैदेखि उपत्यकाका १७६ ठाउँमा जाँच भैरहेको छ । मादक पदार्थ सेवन गरेको र लागुपदार्थ सेवन गरेको चेकजाँच गरिरहेको प्रहरीले जनाएको छ ।
उपत्यकाका ६१ ठाउँमा डेडिकेटेड चेकपोइन्ट, ९६ ठाउँमा पिकेट र १९ ठाउँमा होली विशेष जाँच भैरहेको छ ।

होली विशेष सुरक्षा योजनाअन्तर्गत जनपथ, ट्राफिक र सादा पोशाकमा गरी कूल १७ सय ७ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कसैले मापसे/लापसे गरेको पाइए वा नियम उल्लंघन गरे दिनभरी सवारीसाधन होल्ड गर्नुका साथै कारबाही पनि गरिने ट्राफिक प्रहरीले जनाएको छ ।



