१० साउन २०८३, आइतबार

सिञ्जामा सञ्चालित नि:शुल्क स्वास्थ शिविरमा २७३ जनाले लिए सेवा

फागुन २९, २०८१
जुम्ला
सिञ्जामा सञ्चालित नि:शुल्क स्वास्थ शिविरमा २७३ जनाले लिए सेवा

जुम्लाको सिञ्जा गाउँपालिकामा सञ्चालित स्वास्थ शिविरबाट २७३ जना लाभान्वित भएका छन् । 

वडा नं २ वडा अन्तर्गत विष्टवाडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको हो ।   

जनस्वास्थ्य कार्यालयको सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र पेस नेपालको समन्वय एवं गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । 

नसर्ने रोगसम्बन्धी उच्च रक्तचाप, मधुमेह र महिलाको पाठेघरको क्यान्सरको जाँच गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए । सो निःशुल्क स्वास्थ्य शिविरबाट २११ महिला र ६२ पुरुषको स्वास्थ्य जाँच गरिएको छ । 

महिलाको पाठेघर परीक्षण १४४, रिङ प्रेसरी प्रयोग गरेका सात महिला र पाठेघरको अप्रेशन गर्नुपर्ने दुई महिला रहेको स्वास्थ्य शाखा संयोजक रोकायाको भनाइ छ । 

पाठेघरसम्बन्धी समस्या भई थप उपचार गर्न २६ महिलालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सिफारिस गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्