०९ साउन २०८३, शनिबार

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन ४ हजार रुपैयाँ बढ्यो

चैत १, २०८१
काठमाडौं
सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन ४ हजार रुपैयाँ बढ्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघिको उच्च विन्दु १ लाख ७१ हजार रुपैयाँ थियो ।

बुधबार भने सुन मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सार्वजनिक बिदाका कारण सुनचाँदीको कारोबार स्थगित भएकाले मूल्य निर्धारण भएको थिएन।

चाँदीको मूल्य पनि बढेर तोलाको २ हजार ५० रुपैयाँ पुगेको छ। बुधबार चाँदी तोलाको २ हजार रुपैयाँ थियो।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएकाले नेपाली बजारमा पनि यसको प्रभाव परेको हो। 

पछिल्लो समय सुनको माग बढेसँगै यसको मूल्य निरन्तर बढ्ने संकेत देखिएको छ।

salt training

कमेन्ट गर्नुहोस्